वालिङमा लागुऔषध र एचआईभीबारे सचेत गराउदै - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Sunday, March 21, 2021

    वालिङमा लागुऔषध र एचआईभीबारे सचेत गराउदै


    स्याङजा : वालिङ नगरपालिकाको सहयोग तथा जीवन बाटिका नेपाल र वालिङ प्रहरी कार्यालयको आयोजनामा एच.आई भी (एड्स) तथा लागू औषध दुव्र्यसनका बारेमा वालिङमा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

    images

    कार्यक्रममा बोल्दै वालिङ् नगरप्रमुख दिलिपप्रताप खाँणले अमूल्य जीवनको रक्षा गर्न आफैंले आफैंलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । हिजोआज लागु औषध र एचआईभी संक्रमणको बृद्धिदर बढ्दो रहेको बताउदै यस्ता कार्यक्रमले केही हदसम्म रोकथाम तथा नियन्त्रण गर्ने बताउनुभयो । आवश्यकता भन्दा बढी औषधीको प्रयोगले कुलत र दुब्र्यसनी बढाउने बताउने बताउदै प्रमुख खाणले चिकित्सकका सल्लाहबिना आफैं डाक्टर बन्ने कोषिश नगर्न सुझाव दिनुभयो । उहाले एचआइभी संक्रमितका लागि आवश्यक औषधी निशुल्क उपलब्ध गराएको र कुलतमा परेकालाई आवश्यकता अनुरुपका परामर्श सेवा उपलब्ध गराउदै आएको जानकारी गराउनुभयो ।

    कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक हरिप्रसाद पौडेल र जीवन वाटिका नेपालका अध्यक्ष नविन अर्यालले एच आई. भी. एड्स तथा लागू औषधको बारेमा सहजीकरण गर्नुभएको थियो । उहाहरुले एच.आई भी (एड्स) तथा लागू औषध, यसका अवस्था, बच्ने उपायका बारेमा सहजीकरण गर्नुभएको थियो ।

    सचेतना कार्यक्रममा प्रहरी सुरक्षाकर्मी, कपाल काट्ने नाइहरु, ब्यूटिसियनहरु, बिद्यालयका छात्रछात्रा, कर्मचारी लगायतको सहभागिता रहेको समाजसेवी कृष्ण थापाले जानकारी दिनुभयो। 

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad