निर्वाचनमा जाँदा लोकतन्त्र सङ्कटमा पर्दैन : प्रधानमन्त्री - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, March 31, 2021

    निर्वाचनमा जाँदा लोकतन्त्र सङ्कटमा पर्दैन : प्रधानमन्त्री

    निर्वाचनमा जाँदा लोकतन्त्र सङ्कटमा पर्दैन : प्रधानमन्त्री

    काठमाडौँ,  १८ चैत । प्रधानमन्त्री केपी शर्मा मुलुक निर्वाचनमा जाँदा लोकतन्त्रलाई कुनै सङ्कट नपर्ने बताउनुभएको छ ।

    images
    images

    रिपोर्टर्स क्लब नेपालको २३औँ वार्षिकोत्सवका अवसरमाम आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले मध्यावधि निर्वाचन घोषणा गरे पनि अदालतको फैसलाका आधारमा प्रतिनिधिसभा पुनःस्थापना भएकाले आफूले त्यसलाई मानेर अघि बढेको जनाउनुभयो ।

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै खतरा नरहेको उल्लेख गर्दै उहाँले चुनाव गर्दा लोकतन्त्रलाई खतरा कसरी पर्छ भन्ने प्रतिप्रश्न गर्नुभयो ।

    उहाँले भन्नुभयो, “प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुन्छ ।

    त्यसले कसरी लोकतन्त्रलाई खतरामा पार्छ ?” उहाँले केही नेताको राजनीतिक सङ्कटमा परेको भए पनि मुलुकलाई सङ्कट नपरेको स्पष्ट गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले पुनःस्थापनाको फैसला हुँदा विजययात्रा गर्नेहरुले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतालाई साविककै अवस्थामा फर्काउने फैसला गर्दा विरोध गरिनु विरोधाभाष भएको प्रतिक्रिया दिनुभयो ।

    एमालेका अध्यक्ष ओलीले मिसन पत्रकारिताका नाममा हुने विकृति रोकिनुपर्ने सुझाव दिँदै क्लबको वार्षिकोत्सवमा शुभकामना दिनुभयो ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad