वैशाख १६ देखि पब्जी गेमको लाइट भर्सन बन्द हुँदै - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Monday, April 19, 2021

    वैशाख १६ देखि पब्जी गेमको लाइट भर्सन बन्द हुँदै

    काठमाडौं । युवा पुस्तामाझ लोकप्रिय मोबाइल गेम पब्जी विभिन्न भर्सनमा सार्वजनिक भएको छ । त्यमध्ये लाइट भर्सनको पब्जी यही वैशाख १६ देखि बन्द हुने भएको छ । लो रेन्जका स्मार्टफोनका प्रयोगकर्तालाई लक्षित गरेर ल्याइएको पब्जी लाइट फ्रि–टु–प्ले भर्सन बन्द हुने भएको हो ।

    कम्पनीको यो निर्णयसँगै अब लाइट भर्सनको पब्जी डाउनलोडको सुविधा उपलब्ध हुने छैन । यसअघि मोबाइलमा उपलब्ध लाइट भर्सनका लागि नयाँ अपडेट पनि उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

    कम्पनीले लाइट भसर्न किन बन्द गर्न लागेको भन्ने विषमा केही बोलेको छैन । तर, कम्पनीले लाइट भर्सनका प्रयोगकर्तालाई आभार व्यक्त गर्दै भनेको छ, ‘हामी पब्जी लाइटमा प्रयोगकर्ताले देखाएको यति धेरै लगाव र सहयोगको लागि अभारी छौं । कोभिड १९ को समयमा जारी गरिएको यो भर्सनले प्रयोगकर्तालाई घरमा बसेर रमाइलो गर्दै सुरक्षित रहन पक्कै मद्दत गर्‍यो होला ।’

    कम्पनीले अघि भनेको छ, ‘दुर्भाग्यवश हामीले लाइट भर्सनलाई बन्द गर्ने निर्णय गरेका छौ । अफसोचका साथ हामीले भन्नुपरेको छ, यो आउँदो २९ तारिखदेखि बन्द हुनेछ ।’

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad