चापाकोटबाट सालको काठसहित एक जना पक्राउ - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Saturday, April 3, 2021

    चापाकोटबाट सालको काठसहित एक जना पक्राउ

    चापाकोटबाट सालको काठसहित एक जना पक्राउ

    स्याङ्जा, २१ चैत । स्याङ्जा, चापाकोट नगरपालिकाबाट अवैध काठसहित एक युवक शनिबार बेलुका ६ बजे पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा चापाकोट नगरपालिका वडा नं ९ फुलबारी बस्ने सुन्दर परियार रहेको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार ईलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले परियारलाई ग १ ज ७३८३ नम्बरको बलेरो जिपमा चार पाटे सालको काठ २१ थान लुकाई चापाकोटतर्फ लैजादैँ गरेको अवस्थामा फेला परेको हो ।

    सालको काठसहित प्रक्राउ परेका उनीलाई स्थानीय, जनप्रतिनिधि र वन कार्यालयका कर्मचारीहरुको रोहबरमा आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय दामाचौर स्याङ्जा बुझाएको प्रहरीले बताएको छ ।

    यो पनि पढ्नुहोस् :-

    उपचार नपाउँदा कष्टकर जीवन बिताउँदै ज्येष्ठ नागरिक द्रौपदी

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad