ठेकेदारको ढिलाइले भालुपहाडमा यात्रुलाई सास्ती - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Monday, February 22, 2021

    ठेकेदारको ढिलाइले भालुपहाडमा यात्रुलाई सास्ती

    स्याङजा, 10 फागुन । भालुपहाडको घुम्ती कटानको जिम्मेवारी पाएको ठेकेदार कम्पनीको ढिलाइका कारण सिद्धार्थ राजमार्ग भइ ओहोरदोहोर गर्ने यात्रुले सास्ती भोग्नु परेको छ ।

     

    राजमार्ग हुँदै गुड्ने सयौं सवारी साधन र हजारौं यात्रुले ६ महिनादेखि यस्तै सास्ती भोग्नु परेको हो। बिरामी र सेवाका लागि हिँड्ने यात्रुलाई त झनै यसले प्रभावित बनाएको छ। बिहानको समयमा हुने कामलाई अघिल्लो दिनमै हिँड्नुपर्ने वाध्यता छ। एक साताअघि एलएलवीको परिक्षा दिन पोखरा हिँडेकी सीता गैह्रेले भनिन् ‘भोलि बिहान ८ बजेदेखि परिक्षा हो। थाहा छैन, भालु पहाडको जामले परिक्षा नै दिन पाइँदैन कि भन्ने लाग्यो । अनि आजै पोखरा बास बस्न हिडें।’ उनी लगायत धेरैले यस्तै सास्ती र खर्चभार ब्यहोर्नु परेको छ। राजमार्ग खुला हुने हो भने उनी डेढ घण्टामा सहजै पोखरा पुग्ने थिइन् । पोखरा—सुनौली अन्तरगत पर्ने सिद्धार्थ राजमार्ग भइ हिँड्ने यात्रु निर्माणका कारण घण्टौं बस्न वाध्य छन्। भालुपहाड पार गर्न भन्दै यात्रुहरु ३ देखि ४ घण्टा अघि नै हिँड्नुपर्ने वाध्यता छ। स्थानीय प्रशासनले प्रत्येक घण्टामा यात्रुलाई वारपार गर्ने व्यवस्था मिलाउन निर्देशन दिए पनि सो कार्यान्वयन भएको देखिँदैन। प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतका अनुसार बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ सम्म’ सडक खुला गर्न र प्रत्येक एकरएक घण्टामा सडक खुलाउन भनिएको छ। स्याङजाको फेदिखोला गाउँपालिका अन्तरगत प्राकृतिक धरोहर भालुपहाडलाई बिगत ६ महिनादेखि ठूल्ठूला मेशिनका प्रयोग गरी भत्काइएको छ। ठूला मेशिनका प्रयोगले थर्केको जमिने वर्षातमा असर पर्छ कि भन्ने स्थानीयमा त्रास बढेको छ। यसरी भत्काउँदा निस्केका ढुंगाा, गिटी, बालुवा, माटोको व्यवस्थापन गर्न भन्दै ठेकेदार कम्पनीले यात्रुलाई घण्टौंसम्म रोकेर राख्ने गरेका छन्। माटो र बालुवा सेतीखोलामा फाल्ने गरिएको छ भने ढुंगा पोखरातर्फ पठाउने गरिएको छ। सडक विस्तारको कामले जनताले दुख भोग्नुका साथै प्राकृतिक स्रोतको दोहोन गर्दे यहाँका ढुंगाा जिल्ला बाहिर निकासी गर्ने काम भएको बताउँछन् नेकपाका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारश। संघीय सरकार अन्तरगत सडक डिभिजन पोखराको टेण्डर मार्फत प्रदीप—जुम्ली—साइन जे।भी। रुपन्देहीले घुम्ती कटानको जिम्मेवारी पाएको हो। भालुपहाडमा बिगत ६ महिनादेखि घुम्ति काट्ने काम भइरहेको छ। अहिले पहाडको आधाआधी मात्र काम भएको छ। ठेकेदार कम्पनीको काम हेर्दा अझैं ४र५ महिना जति लाग्ने अनुमान गर्न सकिन्छ। ‘घुम्ती कटानका नाउमा नागरिकले दुख पाउनु हुँदैन। यती लामो समय लाग्दो रहेछ। वैकल्पिक मार्ग बनाउनुपर्थ्यो । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले भने ‘संघीय सरकारको काम हो। तर, ‘दैनिक सयौं फोन र गुनासा सुन्न वाध्य छु।’ भालुपहाड कडा र काला चट्टान सहितको ठूलो चट्टानी पहाड हो। प्राकृतिक वरदान पाएको भालुपहाडका घुम्ती कटानले राजमार्ग फराकिलो त बन्ला तर, प्राकृतिक सौन्दर्य भने गुम्ने देखिन्छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad