स्याङ्जामा लागू औषसहित दुई युवक पक्राउ - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Monday, February 22, 2021

    स्याङ्जामा लागू औषसहित दुई युवक पक्राउ



    स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागू औषधसहित दुई युवालाई पक्राउ गरेको छ ।

    लागू पदार्थ ओसारपसार भईरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी कार्यालयबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका १ का २५ वर्षीय दिवस गुरुङ र आँधीखोला गाउँपालिका १ का २२ वर्षीय अमुल परियारलाई पक्राउ गरेको हो ।

    पुतलीबजार १ को प्रगतिनगरमा द्धोय गुरुङ र परियारलाई शंकाष्पद अवस्थामा फेला पारेपछि सोधपुछ गर्दा उनीले लागू औषध सेवा गर्ने र लागू पदार्थ खरिद गरी दिवसको घरमा लुकाएर खोको भन्ने उनीहरुले बताएका थिए ।

    दिवसको घरमा खानतलासी गर्दा दिवस सुत्ने कोठामा राखेको व्यागमा दुईदुई एमएलको लागू औषध बुफ्रेनोर्फिन २८ एमपुल, डाईजेपाम २८ थान, फेनरागन २८ एम्पुल गरी ८४ एम्पुल र आगू औषध गाँजा ५ ग्राम, सिरिन्ज १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad