भलिबल प्रतियोगितामा कालीगण्डकी, चापाकोट, गल्कोट र बर्दघाट सेमिफाइनमा प्रवेश - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, February 25, 2021

    भलिबल प्रतियोगितामा कालीगण्डकी, चापाकोट, गल्कोट र बर्दघाट सेमिफाइनमा प्रवेश

    प्रथम पुतलीबजार कप अन्तर पालिका पुरुष भलिबल प्रतियोगितामा कालीगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका, गल्कोट नगरपालिका बाग्लुङ र बर्दघाट नगरपालिका नवलपरासी सेमिफाइनमा प्रवेश गरेका छन् । प्रतियोगितामा वर्दघाट, गल्कोट, चापाकोट र कालीगण्डकीले क्रमशः भिरकोट, वालिङ, पुतलीबजार र विरुवालाई पराजीत गरेका हुन् ।

    फागुन १६ गते सम्म संचालन हुने प्रतियोगितामा विभिन्न जिल्लाका १६ टिमको सहभागिता रहेको छ भने ८ वटा भेट्रान टिम दर्ता भएका छन् । प्रतियोगितामा बिजेताले दुई लाख, उपबिजेताले एक लाख, तेस्रोले ५० हजार र चौथोले २५ हजार नगद सहितकप मेडल र प्रमाणपत्र हात पार्ने संजालका अध्यक्ष डोल बहादुर मल्लले जानकारी दिए ।

    शुक्रबार मगर समाज बाड्खोला र रामकोष, बहाकोट र पेल्काचौर र राङखोला र गल्याङ विच भेट्रान टिमको खेल हुने आयोजकले जानकारी दिएको छ । सनिबार सेमिफाइनलका खेलहरु हुने आयोजकले जनाएको छ । सनिबार वर्दघाट नवलपरासी र गल्कोट बाग्लुङ विच पहिलो खेल हुने भएको छ ।

    त्यसैगरी सनिबार नै चापाकोट र कालीगण्डकी विच दोस्रो सेमिफाईनलको खेल हुने खेल संयोजक राजेन्द्र शर्माले जानकारी दिए । उनले आईतबार फाईनल खेल सगै कार्यक्रम पनि सम्पन्न हुने बताए । ठुलो धन राशीकै जिल्ला मै यो पहिलो प्रतियोगिता हो ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad