शुक्लागण्डकीमा मेयर कप शुरु,आयोजक शुक्लागण्डकी सहित चार पालिका विजयी - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Saturday, March 27, 2021

    शुक्लागण्डकीमा मेयर कप शुरु,आयोजक शुक्लागण्डकी सहित चार पालिका विजयी


    दुलेगौँडा  । शुक्लागण्डकी नगरपालिकाको आयोजनामा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।शुक्रबार सुरु गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल भयो ।

     

    गाउँफर्कोदय मावीको खेलमैदान गणपते ढोरफिर्दीमा भएको खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ सहित कास्कीको मादी गाउँपालिका, स्याङजाको हरिनास गाउँपालिका र नवलपुरको बौदिकाली गाउँपालिकाले विजयी सुरुवात गरेका छन् ।पहिलो खेलमा कास्कीको मादी गाउँपालिकाले आयोजक शुक्लागण्डकी ‘बि’ लाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । मादीले शुक्लागण्डकी ‘बि’ लाई २–० को सोझो सेटमा पाखा लगाउदै दोस्रो चरणको यात्रा तय गरेको हो ।  मादीले पहिलो सेटमा २५–१७ मा हराउदा दोस्रो सेटमा पनि २५–१७ मै हरायो । 


    दोस्रो खेलमा शुक्लगण्डकी ‘ए’ ले देवघाट गाउँपालिकालाई २–० को सोझो सेटमा पराजित गरेको छ । निकै कमजोर प्रर्दशन गरेको देवघाटले पहिलो सेटमा २५–११ र दोस्रो सेटमा २५–२७ को स्कोरमा पराजय भोग्यो ।तेस्रो खेलामा स्याङजाको हरिनास गाउँपालिकाले निकै कमजोर सावित भएको व्यास नगरपालिकालाई २५–११, २५–१४ को सोझो सेटमा पाखा लगायो ।


    अन्तिम खेलमा नवलपुरको बौदीकाली गाउँपालिका विजयी भएको छ । म्याग्दे गाउँपालिकालाई बौदीकालीले २५–१३, २५–२३ को नतिजा हासिल गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । 

     


    प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेयर कप सञ्चालन तथा व्यस्थापन समिति संयोजक एवम शुक्लागण्डकी–५ का वडाध्यक्ष दिर्घबहादुर थापाले जानकारी दिए । उनका अनुसार दोस्रो हुनेले एक लाख, तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बेष्ट स्पाईकर, सेटर सर्वर, ब्लकर, डिफेन्डरले जनही पाँच हजार रुपैयाँ हात पार्नेछन् । 

     


    शनिबार पहिलो चरणको बाँकी तीन खेल हुनेछ । बाग्लुङको गल्कोट नगरपालिका र स्याङजाको कालीगण्डकी गाउँपालिका, तनहुँको ऋषिङ गाउँपालिका र भिमाद नगरपालिका, कास्कीको पोखरा महानगरपालिका र तनहुँको घिरिङ गाउँपालिका भिड्नेछन्। स्याङजाको पुतलीबजार नगरपालिका भने बाई पाएर सिधै दोस्रो चरणको यात्रा प्रवेश गरीसकेको छ । आईतबारसम्म चल्ने प्रतियोगितामा १५ समुहले सहभागीता जनाएका छन् । 
     

    शुक्रबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेलले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले समाजलाई जोड्ने बताए । उनले खेलाडी साँझा भएको उल्लेख गर्दै उत्कृष्ट खेलाडी उत्पादन गर्न खेलकुदको विकासका लागि प्राथमिकता निर्धारण गर्नुपर्ने आवश्यकता औल्याए । नेता पौडेलले भलिबलमा पुरुष भलिबल भनेर महिलाहरुलाई कमजोर बनाउन नहुने बताउँदै महिलालाई पनि पुरुष सरह नै सहभागी गराएर महिलाहरु पुरुष भन्दा पनि क्षमतावान् हुन्छ भनेर प्रमाणित गराउनका लागि खेलाडी कै रुपमा उपस्थित गराउन जरुरी रहेको बताएका थिए । 

     

    मेयर किसान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर सविता रसाईली, शिक्षा शाखाका अधिकृत ज्योतिप्रकाश तिम्लिसिना लगायतले बोलेका थिए । 

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad