दक्षिणकाली मन्दिर क्षेत्रमा मृत भेटिएकी सन्ताेषी सुब्बाकाे हत्या आराेपमा एक जना पक्राउ - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, June 24, 2021

    दक्षिणकाली मन्दिर क्षेत्रमा मृत भेटिएकी सन्ताेषी सुब्बाकाे हत्या आराेपमा एक जना पक्राउ

    unn.prixa.net

    काठमाण्डाै – दक्षिणकालीको जङ्गलमा मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्यारा आराेपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले मृतक सुब्बाको हत्यारा आराेपी सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिकामा बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई बिहीवार सार्वजनिक गरेको हो ।

    सुब्बा दक्षिणकाली नगरपालिका ७ को दक्षिणकाली मन्दिरकाे जङ्गल परिसरको पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा मङ्गलवार मृत अवस्थामा भेटिएकी थिइन् ।

    गएकाे असार ६ गते मृतक सन्तोषी सुब्बाले अभियुक्त सुरेश तिमल्सिनालाई खाने र बासको समस्या भएको बताएपछि तिमल्सिनाले खाना र सुत्ने व्यवस्था आफूले काम गर्ने बसमा काम मिलाइदिन्छु भनी दक्षिणकालीको जङ्गलमा लगेर जबरजस्ती गर्न खोजेको र मृतकले प्रतिकार गर्न खोज्दा घाँटी थिची हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखाका प्रमुख चन्द्र कुबर खापुङले बताउनुभयो ।

    अभियुक्तलाई लुकिछिपी बसेको अवस्थाबाट काठमाण्डाै महानगरपालिका २७ कमलाक्षी इनबहालबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । अभियुक्तको साथबाट घटनाको बेलामा लगाएका कपडा, मृतकको मोबाइल र मेमोरी कार्डसमेत फेला परेको प्रमुख खापुङले बताउनुभयो

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad