जिल्लाभित्र भिडभाड हुने किसिमका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय स्याङ्जाको अनुरोध - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, March 25, 2021

    जिल्लाभित्र भिडभाड हुने किसिमका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय स्याङ्जाको अनुरोध

    स्याङ्जा, १२ चैत । छिमेकी मुलुक भारतमा कोभिढ १९ को प्रकोशप थप क्रियाशिल भई संक्रमणको दर बढ्दै गएको भन्दै नेपालमा समेत जोखिम देखिएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ ।

    images
    images

    बुधबार प्रशासनले एक सूचना जारी गर्दै भारतमा संक्रमणको दर उच्च भई मृत्युदर समेत बढेकाले नेपालमा संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले समेत सतर्क रही स्वास्थ्य मापदण्ड पालना गर्न गराउन अनुरोध गरेको थियो ।

    कोभिड विरुद्ध लड्नका लागी जिल्ला स्थित बुद्धिजिवी, समाजसेवी, व्यवसायी, उद्योगी नागरिक समाज, सामुदायिक संघसंस्था, टोलसुधार समिति र सर्वसाधारणहरुलाई आवश्यक समन्वय गर्न समेत प्रशासनले अपिल गरेको छ ।

    अति आवश्यक बाहेक जिल्लाभित्र भिडभाड हुने किसिमका कार्यक्रम, सभा तथा समारोह आयोजना एवं संचलन नगर्न प्रशासनले आग्रह गरेको छ भने पटक पटक हात धुन, सेनिटाईजरको प्रयोग गर्न गराउन अनुरोध गरेको छ ।

    सार्वजानिक ठाउँमा हिंडडुल गर्दा अनिवार्य मास्क लगाउन र सामाजिक दुरी कायम गर्न समेत भनिएको छ । त्यस्तै कोभिडको लक्षण देखिएमा तत्कालै तोकिएको स्वास्थ्य संस्थामा गई कोरोना परिक्षण गर्न गराउन भनेको छ ।

    साथै जिल्लाका ११ वटै स्थानीय तहलाई सक्रमणको संभावनालाई मध्यनजर गर्दै क्वारेन्टाईन र आईशोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन र होटल, पसल व्यापार सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ ।

    IMG_20210324_0005.jpg

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad