एमालेको केन्द्रीय कार्यालय अब थापाथलीमा, ओलीले गरे भवन निरीक्षण [तस्बिरहरू] - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, March 24, 2021

    एमालेको केन्द्रीय कार्यालय अब थापाथलीमा, ओलीले गरे भवन निरीक्षण [तस्बिरहरू]

    तस्बिर :कान्तिपुर

    काठमाडौँ — नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय पार्टी कार्यालय राख्ने भवनको निरीक्षण गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीस्थित एक व्यापारीको घरमा सर्ने भएको हो ।

    उपमहासचिव विष्णु पौडेलले धुम्बाराहीबाट पार्टी कार्यालय थापाथली सर्न लागेको जानकारी दिए । ‘पार्टी कार्यालय सर्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्षले नयाँ भवनको निरीक्षण पनि गरिसक्नुभयो,’ पौडेलले भने । त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले निकट भविष्यमै नेकपा एमालेको पार्टी कार्यालय थापाथली सर्ने बताइन् । एमालेको पार्टी कार्यालय रहने भवनमा यसअघि यूएन वुमेनको नेपाल कार्यालय रहेको थियो ।

    पार्टी कार्यालय रहने भवन निरीक्षणका लागि अध्यक्ष ओलीसहित अन्य शीर्ष नेताहरु पनि पुगेका थिए । ०७२ सालमा गएको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्काएपछि धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिएको थियो ।

    तस्बिर :कान्तिपुर


    तस्बिर :कान्तिपुर


    तस्बिर :कान्तिपुर



    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad