''द राइजिङ ग्रुप'' चापाकोटले होली मिलन कार्यक्रम गर्ने - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Saturday, March 27, 2021

    ''द राइजिङ ग्रुप'' चापाकोटले होली मिलन कार्यक्रम गर्ने

    ''द राइजिङ ग्रुप'' चापाकोटले होली मिलन कार्यक्रम गर्ने

    images
    स्याङ्जा, १४ चैत्र । ''द राइजिङ ग्रुप'' चापाकोटको आयोजनामा होली मिलन कार्यक्रम हुने भएको छ ।

    चापाकोट नगरपालिकाका करिव ३ सय युवाहरु रहेको यस ग्रुपले नगरपालिकाको वडा न ८ मा रहेको रत्नपुर डाडामा होलीको दिन विशेष कार्यक्रम गर्न लागेको ग्रुपका अध्यक्ष मिलन राना मगर (पुरन) ले जानकारी दिनुभयो ।

    अघिल्लो वर्ष जस्तै यस वर्ष पनि होलिको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम भएको हुँदा चापाकोटबासीलाई उपस्थित हुन अनुरोध गरिएको उहाँको भनाइ रहेको छ ।

    कार्यक्रमका लागि चापाकोट युवा व्यवसायी ज्याग्दी खोला कन्ट्रकसन एन्ड सप्लार्यस प्रा.ली.का प्रोपाइटर निर्मल राना मगरले र लाल कन्ट्रकसनका प्रोपाइटर लाल ब घर्ती मगरले जनही रु ५०/५० हजार रुपैयाँ सहयोग गर्नुभएको अध्यक्ष रानाले बताउनु भएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad