सिद्धार्थ राजमार्ग अन्तर्गत भालुपहाडमा खसेको पहिरो हटाएपछि यातायात सुचारु - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Sunday, June 13, 2021

    सिद्धार्थ राजमार्ग अन्तर्गत भालुपहाडमा खसेको पहिरो हटाएपछि यातायात सुचारु

    अपडेट: सिद्धार्थ राजमार्ग अन्तर्गत भालुपहाडमा खसेको पहिरो हटाएपछि यातायात सुचारु

    स्याङ्जा, ३० जेठ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्डको भालुपहाडमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको छ।

    images

    फेदीखोला गाउँपालिकाको वडा न २ स्थित रहेको भालुपहाडमा माथिबाट खसेको ढुगांसहितको ठूलो पहिरो हटाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले कालीगण्डकी खबरलाई बताउनुभयो ।

    रातिदेखि परेको अविरल वर्षको कारण माथिबाट खसेको पहिरोले गर्दा आज बिहान ६:३० बजेदेखि याातायात अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजगार्ग हुँदा पहाडि जिल्लामा आउने र तराई जाने सवारी साधन रोकिएका थिए ।

    पोखराबाट सडक विभागको डोजर ल्याएर सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाइएको प्रहरीले बताएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad