बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, March 16, 2021

    बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

    सुर्खेत — बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले सोमबार ती महिलालाई ३ वर्ष ६ महिना कैदमा राख्ने फैसला गरेको हो ।


    वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो ।

    झुटो जाहेरी दिएर व्यक्तिको मानहानि गरेको ठहर भएपछि महिलालाई कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताउनुभयो । अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचारसमेत गरिएको उनले जानकारी दिए ।

    प्रकाशित : चैत्र ३, २०७७ 

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad