रोजगारीको शिलशिलामा दुबई रहेका खनालको पहलमा गल्याङमा आर्थिक सहयोग - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, March 16, 2021

    रोजगारीको शिलशिलामा दुबई रहेका खनालको पहलमा गल्याङमा आर्थिक सहयोग



    बङ्रातीकी नेपालीलाई खाद्यान्न सहयोग, निशुल्क विजुली ।

    टीकाराम अधिकारी/गल्याङ

    स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.८ बङ्राती निवासी वर्ष ६० की मनसरा नेपाली जो साँझ विहानको खाने कुरा सम्म पनि जोहो गर्न नसकेको र आर्थिक अभावका कारण बिरामी भएर पनि उपचार गराउन नसकेको अबस्थामा रहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.९ घर भई हाल रोजगारीको शिलशिलामा दुबई रहनु हुने लिलामणि खनालको पहल र दिपा सुबेदी,रिता पाण्डेय,इश्वरी न्यौपाने,झपिन्द्र खनालले दुबईमा १८ जना सहयोगी मनबाट संकलन भएको १७ हजार ६ सय ३० रुपैयाँ बरावरको खाद्यान्न तथा लायन्स क्वल अफ गल्याङ सिटीको २ हजार ५ सय नदग प्रदान गर्ने कार्यक्रम सम्पन्न भयो ।
    कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका वडा नं.८ का वडाअध्यक्ष भेक प्रसाद श्रेष्ठले मनसरा नेपालीको घरमा विजुली जडान देखि लिएर त्यसको मासिक खर्च समेत आजिवन निःशुल्क गरिदिने घोषणा गर्नु भएको थियो ।
    उहाँले भन्नु भयो उहाँको घर निर्माणका लागि समेत जनता आवास कार्यक्रमका लागि पहल गर्ने उहाँलाई हरेक तबरबाट सहयोग गरे र त्यस बस्तीमा खानेपानीको समस्या भएकले त्यसको तत्काल व्यवस्थापन गर्ने अभियानमा लाग्ने बताउदै दुबईमा पहल गर्ने लिलामणि खनाल र स्थानीय स्तरमा पहल गर्ने पत्रकार टिकाराम अधिकारीलाई विशेष धन्यवाद दिनु भएके थियो ।
    उहाँले भन्नु भयो हाम्रो समाजमा रहेका अभाव र पिडालाई आफ्नो साझा समस्या सम्झेर आफूले सम्बोधन गर्ने र आफूले नसके नगरपालिसंग समन्वय गरेर अगाडि बढ्ने कुरा बताउनु भयो ।बास्तविक पिडितको पहिचान गरेर सहयोग गरेको प्रति सहयोगी मनहरुलाई धन्यवाद समेत दिनु भयो ।
    कार्यक्रममा लायन्स क्लव डिस्टिक ३२५ वि १ का डिस्टिक एडभाईजर महेस भट्टराईले भन्नु भयो हामीले जहा अभाव र पिडा हुन्छ त्यहाँ लायन्स तथा नेपाली काँग्रेसले सहयोग गर्ने कुरा बताउनु भयो ।

    .

    उहाँले भन्नु भयो समाजका पिडा अभाव र समस्यालाई सञ्चार माध्यमले आम जनता सम्म लैजानका सञ्चारर्कीहरुले खेलेको भूमिका प्रशंसनीय रहेको कुरा समेत बताउनु भएको थियो ।
    कार्यक्रममा गल्याङ नगरपालिका नगर कार्य समिति सदस्य शेर बहादुर नेपाली, चण्डिका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण श्रेष्ठ,आर्थिक संकलन अभियानका अभियान्ता लिलामणि खनालको बुवा भेषराज खनाल, स्थानीय समाजसेवी मन बहादुर धमेल लगायतले मनसरा नेपालीको घरमा दैनिकी सञ्चालनमा समस्या भएको र त्यसको व्यवस्थापनमा लक्ष्मी टिभी र पत्रकार टिकाराम अधिकारीले खेलेको भूमिकाको चर्चा गर्नु भएको थियो ।
    मनसरा नेपालीलाई ५ कट्टा चामल, २० किलो आलु, १० लिटर खाने तोरी तेल, ५ किलो नुन,१० किलो दाल, १० किलो चिनी, अण्डा,तरकारी विस्कुट चाउचाउ साबुन लगायतका सामग्री प्रदान गरिएको थियो ।

    .

    लायन्स क्लव अफ गल्याङ सिटीका अध्यक्ष अर्जुन प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य लायन्स क्लव अफ गल्याङ सिटीका सचिव कृष्ण प्रसाद भट्टराईले र कार्यक्रमको सञ्चालन लक्ष्मी टेलिभिजनका समाचार प्रमुख तथा गल्याङपोष्टका सम्पादक टिकाराम अधिकारीले गर्नु भएको थियो ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad