पुतलीबजारका किसानहरुलाई बोयर जातका बोका वितरण - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, March 23, 2021

    पुतलीबजारका किसानहरुलाई बोयर जातका बोका वितरण

    पुतलीबजार नगरपालिका र यूएनडीपीको आर्थिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित कोभिड १९ उद्धार तथा सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्र्तगत ४ जना किसानलाई बोयर जातको बोका बितरण गरिएको छ । पुतलीबजार नगरपालिका भित्र रहेका किसानहरुलाई व्यवसायीक बाख्रा पालन गराउने उद्देश्यले बोका वितरण गरिएको हो ।

    बोयर जातका बोका वितरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले प्राप्त बोकाको पालनपोषणमा ख्याल गर्दै ब्यावसायी बन्न सुझाव दिईन् । उन्नत जातको बाख्राको विकास गर्न बोयर जातको बोका उपलब्ध गराइएको बताउदै उनले सहज र सर्वसुलभ शुल्कमा सेवा प्रवाह गर्न आग्रह गरिन् ।

    परियोजना अन्र्तगत नगरपालिकाका वडा नं. ५ का टुकनारायण जैसी, वडा नं ६ का कमलप्रसाद अर्याल, वडा नं. ७ का त्रिभुवन रेग्मी र वडा नं. ८ का सुरेश परियारलाई ८५ प्रतिशत अनुदानमा बोयर बोका उपलब्ध गराइएको हो । पुतलीबजार नगरपालिकाले सोही क्षेत्रका वडाहरुमा बाख्रा पालनको पकेट क्षेत्र बनाउन यस अघि नै ठुलो संख्यामा बाख्रा वितरण गरिसकेको छ ।

    परियोजना लागु भए सगै पुतलीबजार नगरपालिका भित्र रहेका २ सय ९५ टोल विकास संस्था मार्फत एक गाउँ एक करेसाबारी एक घर एक नर्सरी, कोदो खेतीको प्रवद्र्धन, तोरी खेती, टनेल वितरण र कृषि सामाग्री वितरण लगायतका कृयाकलापहरु हुदै आएको छ । पुलतीबजार नगरपालिका र यूएनडीपीको आर्थिक सहयोग र सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित परियोजनाले पुतलीबजार भित्रका किसानहरुको मुहारमा परिवर्तन ल्याएको पाईन्छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad