स्याङ्जामा ट्याक्टरबाट खसी घाईते भएका युवकलाई कालीगण्डकीमा फालेपछि.... - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, March 23, 2021

    स्याङ्जामा ट्याक्टरबाट खसी घाईते भएका युवकलाई कालीगण्डकीमा फालेपछि....

    स्याङ्जा, १० चैत । स्याङ्जा, गल्याङ नगरपालिकामा ट्याक्टरबाट खसी घाईते भएका एक युवक बेपत्ता भएका छन् ।

    imagesगल्याङ नगरपालिका वडा नं ९ पारीचौरस्थित बेल्चौर साँखर कच्ची सडक खण्डमा चैत ५ गते लु.अ.अ.फ. १०२० नं (अस्थायी नं) को ट्याक्टरका सहचालक गणेश गाहा बेपत्ता भएको प्रहरीले बताएको छ ।


    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार चैत ५ गते राति १० बजे गल्याङ नगरपालिका वडा नं ९ पारीचौर स्थित बैलचौर साँखर कच्ची सडक खण्डमा कालीगण्डकी घाट देखि ढुङ्गा लोड गरी हिडेको उक्त ट्याक्टरबाट गाहा खस्दा ट्याक्टरले किची उनी घाईते भएका थिए ।

    घाईते गाहालाई ट्याक्टर चालक अमित परिवार र सोही ट्याक्टरका अर्को सहचालक स्याङजा गल्याङ नगरपालिका वडा नं ८ बस्ने २२ वर्षीय सुनिल रानाले सोही ट्याक्टरमा राखी साखँर घाट कालीगण्डकीमा लागि फालेको थिए ।

    प्रहरीले उक्त जनाकारी प्राप्त हुन साथ प्रहरी अधिकृतसहितको टोलीले खोजतसाल गर्दा अहिलेसम्म बेपत्ता गाहालाई फेला परेको छैन । बेपक्ता गाहाको खोजतलास गर्ने गोताखोर ल्याउने तयारी भईरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

    घटनामा संलग्न सोही ट्याक्टरका सहचालक सुनिल रानालाई प्रहरीले पक्राउ गरेको छ । रानाले उक्त घटनाको जानकारी आफ्नो दिदिलाई जानकारी गराएपछि यो घटना बाहिर आएको हो ।

    रानालाई प्रहरीले ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यान मुद्धा दर्ता गरी सोमबार जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

    हाल फारार ट्याक्टर चालक अमित परियारको खोज तलास गरिरहेको र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad