पुतलीबजारमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, March 17, 2021

    पुतलीबजारमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम

    पुतलीबजार नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) पुतलीबजार नगरपालिका वडा नं. १ र ३ का नयाँ लघु उद्यमीहरुका लागि लुघु उद्यम विकास तालीम शुरु भएको छ । नयाँ उद्यमीहरुलाई व्यवसायी उद्यमी बनाउन तालिमको अयोजना गरिएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगरपालिका उपप्रमुख महेश पुरीले उद्यम शिलतका लागि आवश्यक पर्ने ज्ञान शिप पुजी र प्रविद्धिका लागि पुतलीबजार नगरपालिका सधै तयार रहेको बताए । उपप्रमुख पुरीले तालिममा सिकेका ज्ञान तथा शिपलाई व्यवसयी तथा उद्यमी बनी कार्यन्वयनमा ल्याउन आग्रह गरे ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले उद्धेश्य माथी प्रकाश पारेका थिए । सोही अवसरमा उद्योग शाखाको तर्फबाट शाखा प्रमुख धनप्रसाद कोईरालाले र उद्यम विकास सहजकर्ताहरुले सहजीकरण गर्ने कार्यक्रम रहेको छ । वडा नं. १ का वडा अध्यक्ष निर्मल कुमार शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उद्योग शाखाका शाखा प्रमुख धनप्रसाद कोईरालाले गरेका थिए ।

    यसै अवसरमा वडा नं. ३ का अध्यक्ष अमृत श्रेष्ठले उद्यम व्यवसायी बनी स्वरोजगारमा टेवा दिई अर्थोपार्जन गरी आर्थीक समृद्धि ल्याउन आग्रह गरे । ८ दिन सम्म संचालन हुने गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम तालीममा करिब ३० जनाको सहभागीता रहेको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad