बालुवाटारमा ओली–भोज, तर गएनन् माधव–झलनाथ र वामदेव (तस्वीरमा) - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, March 16, 2021

    बालुवाटारमा ओली–भोज, तर गएनन् माधव–झलनाथ र वामदेव (तस्वीरमा)

    काठमाडाैँ, ३ चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटारमा पार्टीका आफू निकटका नेता-कार्यकर्ताहरूलाइ चिया-पार्टी दिनुभएकाे छ । तर उक्त जमघटमा नेकपा एमालेकै अर्काे खेमाका नेताहरू भने उपस्थित छैनन् ।

    विशेतः पार्टीका केन्द्रीय नेताहरुलाई बाेलाइए पनि माधव नेपाल, झलनाथ खनाल तथा वामदेव गाैतम र त्यस समूहका नेताहरू उपस्थित भएनन् । उनीहरू फरक-फरक कार्यक्रममा व्यस्त रहेकाे जनाइएकाे छ । माधवकुमार नेपाल समूहले मंगलबार नै ललितपुरको सानेपास्थिति हेरिटेज गार्डेनमा पत्रकार सम्मेलनको आयोजना गरेको छ भने उपाध्यक्ष वामदेव गौतमले बल्खुको रिद्धिसिद्धि पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

    प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले खनाल-नेपाल समूहसहित सबै केन्द्रीय सदस्यलाई चियापान कार्यक्रममा बोलाउनुभएको थियाे । मोबाइल एसएमएसमार्फत उहाँले निम्तोसहितको सन्देश पठाउनुभएको बताइएकाे छ ।

    तर ओलीकाे चियापान कार्यक्रममा नजाने खनाल-नेपाल समूहले अघिल्लाे दिन नै बताइसकेकाे थियाे । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले गएको फागुन २८ गते ओलीले गरेको महासचिवबाहेकका पदाधिकारी खारेजी र विभिन्न प्रदेश तथा संगठनमा नयाँ व्यक्ति नियुक्त गर्ने निर्णय खारेज हुनुपर्ने माग गर्दै आएको छ ।

    तस्वीर : महेश्वर के.सी.

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad