चलचित्रमा अभिनय गर्दै पल र मलिका - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, March 16, 2021

    चलचित्रमा अभिनय गर्दै पल र मलिका

    काठमाडौं | पछिल्लो समयदेखि एकदमै चर्चामा आएको जोडी हो ‘पम जोडी’ अर्थात् पल र मलिकाको जोडी । कसैले ‘पिएम’ जोडी पनि भन्ने गरेका छन् । फिमेल भर्सनको ‘फुलबुट्टे सारी’ र ‘टाढा भएपनि’ म्युजिक भिडियोमा यो जोडीको गज्जबको केमिस्ट्री प्रस्तुत हुँदा सम्पूर्ण दर्शकहरुले निकै मन पराए ।

    यो जोडीको ‘फुलबुट्टे सारी’ लाई युट्युबमा ३ करोडभन्दा बढी र ‘टाढा भएपनि’ लाई १५ दिनमै १ करोडभन्दा बढी पटक हेरिएको छ । यि दुई गीतमा टिकटक भिडियो नबनाउने सायद कमै होलान् ।

    म्युजिक भिडियोमा तहल्का मच्चाएको यो जोडी अब चलचित्रमा तहल्का मच्चाउने तयारीमा जुटेको छ । पललाई चलचित्र ‘यात्रा’ हेरेपछि मलिकाको काम निकै मन परेर उनिसँग काम गर्ने मन बनाएका थिए भने मलिकाले पनि पलसँग चलचित्रमासँगै काम गर्ने इच्छा रहेको बताउँदै आएकी थिइन् ।

    अब यो जोडीको चलचित्रमा एकसाथ अभिनय गर्ने इच्छा र यो जोडीलाई ठूलो पर्दामा हेर्ने दर्शकहरुको चाहना छिट्टै पूरा हुने भएको छ । ‘फुलबुट्टे सारी’ र ‘टाढा भए पनि’ गरी दुईवटा म्युजिक भिडियो निर्माण गरेको केन्द्र मोशन पिक्चरसले उनीहरुलाई लिएर चलचित्र निर्माण गर्न लागेको हो ।

    यतिबेला पोखरामा चलचित्रको स्क्रिप्टमा काम भइरहेको केन्द्र मोशनका सागर लामिछाने मगरले जानकारी दिएका छन् । कलाकार तथा निर्देशक माओत्से गुरुङले चलचित्रको स्क्रिप्टमा काम गरिरहेका छन् । चलचित्र उनले नै निर्देशन गर्न सक्ने पनि बताइएको छ ।

    केही दिनमा २/३ वटा स्क्रिप्टको वानलाइन पल र मलिकालाई सुनाइने र ती स्क्रिप्ट भएन भने निर्माण टिम बसेर अरु स्क्रिप्टमा काम गर्ने सागरले बताए । अबको ६ महिनाभित्र स्क्रिप्टलाई ‘लक’ गरेर छायांकनमा निस्कने निर्माण टिमको तयारी रहेको छ ।

    केन्द्र मोशन पिक्चर्सले निर्माण गर्न लागेको चलचित्रको कथा सुन्ने र मन परेको खण्डमा काम गर्ने पलले बताए । यदि, कथा मन परेन भने फेरि नयाँ कथामा केन्द्र मोशनबाटै काम गर्ने तयारी रहेको पलले बताए ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad