अर्गानिक माया बोलको म्यूजिक भिडियो शुक्रबार सार्वजनिक हुने - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Friday, March 19, 2021

    अर्गानिक माया बोलको म्यूजिक भिडियो शुक्रबार सार्वजनिक हुने

    अर्गानिक माया बोलको म्यूजिक भिडियोको शुक्रबार साँझ ५ बजे युट्युब च्यानल मार्फत सार्वजनिक हुने भएको छ । म्यूजिक भिडियोको शुक्रबार साँझ ५ बजे बहुचर्चित सर्जक तथा गायक शिव हमालको युट्युब च्यानलबाट सार्वजनिक हुन लागेको हो ।

    संचारकर्मी विक्रम संवतको शब्द तथा लय रहेको अर्गानिक माया बोलको म्यूजिक भिडियोको पुतलीबजार नगरपालिका–४ स्थीत कुनौटे डाडाँमा छायाङ्कन गरिएको छ । चर्चित गायिका मेलिना राई र गायक सन्तोष आर.डी.को स्वर रहेको उक्त म्यूजिक भिडियोमा चर्चित मोडल करिश्मा ढकाल र सन्दिप विसीले अभिनय गरेका छन् ।

    मायाप्रेममा आधारित म्यूजिक भिडियोको निर्देशन तथा छायाङ्कन असम स्टुडियोका संचालक प्रमोद गुरुङले गरेका हुन् । दुई दिन सम्म लगायर छायाङ्कन गरिएको अर्गानिक माया बोलको म्यूजिक भिडियोको नृत्य निर्देशन कमल गुरुङले गरेका थिए ।

    स्थानीय कलाकारहरुको प्रतिभालाई समेत समेटेर म्यूजिक भिडियो तयार पारिएको अर्गानिक माया बोलको गितका सर्जक विक्रम संवतले जानकारी दिए । उनले दर्शक श्रोताहरुलाई आर्गानिक माया बोलको म्यूजिक भिडियो सुनेर र हेरेर साथ तथा प्रतिक्रिया दिन समेत अनुरोध गरे ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad