जनताको अभिमत सदुपयोग गर्न नसकेको गगनको आरोप - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Friday, March 19, 2021

    जनताको अभिमत सदुपयोग गर्न नसकेको गगनको आरोप


    पुर्व मन्त्री गगनकुमार थापाले कम्युनिष्ट सरकारले जनताको अभिमत सदुपयोग गर्न नसकेको बताएका छन् । थापाले तरुण दल भीरकोटद्धारा आयोजित आमसभालाई सम्बोधन गर्नुहुँदै कम्युनिष्ट सरकारले जनताको बहुमत थेक्न नसकेको बताए । कागे्रसका युवा नेता समेत रहेका नेता थापाले कम्युनिष्ट सरकारको समृद्धि खोक्रो रहेको भन्दै काँगे्रसले सम्मुनत नेपाल चाहेको बताए ।

    जनताले ओली सरकारलाई दिएको १८ सय दिनमा सरकारले कुनै पनि सम्झना लायक काम नगरेको भन्दै अवको एक वर्षपछि कागे्रँसको बहुमतीय सरकार बन्ने दावी उनले गरे । थापाले देशमा ब्याप्त बेरोजगारी, हिंसा, बलात्कार, भ्रष्टाचार जस्ता समस्या समाधानको साटो सरकार संविधान विपरित काम गर्ने र संसदलाई हत्या गर्ने क्रियाकलापमा उद्दत रहेको आरोप लगाए । कोभिडका कारण बेरोजगार बढेको अवस्थामा सरकार संविधानलाई नै खलल पु¥याउने खेलमा लागेको उनले बताए ।

    कागे्रसको अवको एजेण्डा देशलाई निर्वाचनमा लैजाने र कागे्रस एक्लैले बहुमतका साथ अर्को ५ वर्षको स्थिर सरकार सञ्चालन गरी गरिवीलाई हटाउने रहेको नेता थापाको भनाई छ । कार्यक्रममा तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले प्रधानमन्त्री ओलीले सरकार सञ्चालनका शुरुदेखि नै अहिलेसम्मका दिनमा संविधान विपरित कार्य नै गर्दै आईरहेको भन्दै त्यसदिन देखि नै तरुण दलले आवाज उठाएको बताए । संविधानको भावना विपरित कम्युनिष्ट सकार राज्य सत्ता कब्जामा लागेको भन्दै अहिले पनि सरकार संविधान र संसदलाई हत्याउने खेलमा अध्यक्ष बस्नेतले लागेको बताए ।

    कार्यक्रममा गण्डकी प्रदेशका सांसद भागतवत प्रकाश मल्ल, प्रदेशका कागे्रस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, संविधान सभा सदस्य राजु थापा, कागे्रँसका कार्यबहाक सभापति कुमार राना लगायतले मन्तव्य राखेका थिए । दरुण दल भीरकोटका अध्यक्ष राजकुमार गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत तारा अर्याल, सञ्चालन प्रसुन मगर र प्रविण खांणले गरेका थिए भने धन्यवाद कागे्रसका भीरकोट नगर सभपाति तोयनाथ अर्यालले गरेका थिए ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad