‘कबड्डी ४’बाट सुरु होला मिरुनाको हिटको यात्रा ? - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, April 8, 2021

    ‘कबड्डी ४’बाट सुरु होला मिरुनाको हिटको यात्रा ?

    नायिका मिरुना मगरको सुन्दरता र उनको अभिनयको प्रशंसा खुबै हुन्छ । तर, मिरुनाले हिट चलचित्र दिन नसक्दा उनलाई समस्या परिरहेको छ । उनले अभिनय गरेका कुनै पनि चलचित्र बक्स अफिसमा चलेका छैनन् । ‘लालपूर्जा’ नामक चलचित्रबाट यो क्षेत्रमा प्रवेश गरेकी मिरुनाले यसपछि केही चलचित्रमा काम गरिन् । उनले ‘रोज, साइनो र च च हुई’मा काम गरेकी छिन् । तर, यी सबै चलचित्र बक्स अफिसमा असफल भए । यसलेगर्दा, मिरुनाको चलचित्र यात्रा पनि सुखद हुन सकेन ।

    उनै, मिरुना अब भने एक हिट सिरिजमा काम गर्दैछिन् । चलचित्र ‘कबड्डी ४’को मुख्य नायिकाको रुपमा उनले काम गर्दैछिन् । यो चलचित्रमा अनुवन्धित भएपछि मिरुना लण्डनबाट नेपाल आएकी छिन् । उनी, हाल चलचित्रको वर्कशपमा व्यस्त छिन् ।

    लगातार असफल चलचित्रका कारण चलचित्र क्षेत्रमा स्थापित हुन नसकेकी मिरुनालाई यो हिट सिरिजले स्थापित गर्ने अपेक्षा धेरैको छ । मिरुना पनि लामो समयदेखि हिटको खोजीमा थिइन् । यही चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा नायिका रीश्मा गुरुङ चर्चित बनिन् भने उपासना सिंह ठकुरी स्थापित नै भइन् । मिरुनाको हिटको यात्रा यो चलचित्रबाट सुरु हुने अपेक्षा गर्न सकिन्छ ।

    तस्वीरः मिरुनाको सामाजिक संजालबाट

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad