स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाईते (नामावलीसहित) - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, June 16, 2021

    स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाईते (नामावलीसहित)

    अपडेट:  स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाईते (नामावलीसहित)

    स्याङ्जा, २ असार । स्याङ्जाको भीरकोट नगरपालिकामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीरकोट नगरपालिका ३ का ३६ वर्षीय गणेश जंग अधिकारी रहेको प्रहरीले बताएको छ ।

    भीरकोटको बानेथोकबाट बयारघारी आउँदै गरेको ग १ ज ४९४० नम्बरको जीप दुर्बुङठाटीस्थित भित्री कच्ची सडकखण्डमा आज बिहान १०:१० बजे दुर्घटना हुँदा ७ जना घाईते भएका थिए ।

    दुर्घटनामा परी घाईते हुनेहरुमा भिरकोट नगरपालिका ३ का ३६ वर्ष गणेशजं अधिकारी, ३० वर्षीय मनु भन्ने विकास थापा (जीप चालक), ४० वर्षीय रेशम परियार, ४६ वर्षी प्रतिमा परियार, ४८ वर्षीय रुक बहादुर परियार, २८ वर्षीय सोनी श्रेष्ठ र पुतलीबजार नगरपालिका बस्ने २४ वर्षीय दिनेश परिवार रहेको भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

    jeep accident syangja.jpg

    घाईतहरुमध्ये ३६ वर्षीय गणेश जंग अधिकारीको भिरकोट नगर अस्पतालमा उपचारको क्रममा ११ बजे मृत्यु छ ।

    त्यसै गरी विकास थापा, प्रतिमा परियार र रुक बहादुर परियारलाई थप उपचारको लागि पोखरा पठाएको पठाइएको छ भने बाँकी सबेको भिरकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad