अपडेट : स्याङ्जामा आफन्तले नउठाएको कोरोना संक्रमितको शव सेनाले ब्यवस्थापन गर्यो - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, May 13, 2021

    अपडेट : स्याङ्जामा आफन्तले नउठाएको कोरोना संक्रमितको शव सेनाले ब्यवस्थापन गर्यो

    स्याङ्जा, ३० बैशाख । नेपाली सेनाको बिशेष टोलीले उपचारका क्रममा निधन भएका २६ बर्षिया युवतीको शव ब्यवस्थापन गरेको छ ।


    मृत्युपछि गरिएको एन्टीजीन परिक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि नेपाली सेनाको बिशेष टोलीले आँधीखोला किनारमा सो शव गाडेर ब्यवस्थापन गरेको हो ।

    पुतलीबजार नगरपालिका १० स्थित आँधीखोला किनारमा खाडलखनी शव ब्यवस्थापन गरिएको छ । शव अन्त्येष्टिमा वडा नं. १० का अध्यक्ष सहित जनप्रतिनिधी र युवतीका केही आफन्त सहभागी भएको वडाअध्यक्ष दुर्गबहादुर शाहले जानकारी दिनुभयो ।

    कोरोना संक्रमणका लक्ष्यण देखिएका तर पिसिआर परिक्षण नभएका ती युवतीको मृत्युपछि कोरोना भाइरस संक्रमणको त्रासका कारण मृतकका आफन्तले शव उठाउन नमानेपछि झण्डै १० घण्टा भन्दा बढी अस्पतालमै राखीएको थियो ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad