स्याङ्जामा कोरोनाको लक्षण देखिएकी युवतीको बाटैमा मृत्यु, आफन्तले उठाएनन् शव - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, May 12, 2021

    स्याङ्जामा कोरोनाको लक्षण देखिएकी युवतीको बाटैमा मृत्यु, आफन्तले उठाएनन् शव

     

    स्याङ्जा, २९ बैशाख । कोरोना लक्ष्यण देखिएका तर पिसिआर परिक्षण नभएका एक युवतीको मृत्यु भएपछि उनका आफन्तले शव उठाउन मानेका छैनन् । पुतलीबजार नगरपालिका १० का २६ बर्षिया एक युवतीको बुधवार बिहान निधन भएको हो ।

    images
    images

    कोभिडका लक्ष्यण देखिएको तर, पिसिआर परिक्षण नभएको नगर स्वास्थ्य प्रमुख बिष्णुप्रसाद काफलेले जानकारी दिनुभयो ।

    पुतलीबजार नगरपालिका ६ टक्सार माइतमा बस्दै आएकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि बुधवार बिहान जिल्ला अस्पताल स्याङजा ल्याइएको थियो । अस्पतालले थप उपचारका लागि पोखरा रिफर गरेको अस्पतालका सुपरिटेन्डेन्ट डा। रमेश आचार्य बताउनुभयो ।

    उपचारका लागि पोखरा लैजादै गर्दा उनको बाटोमै निधन भएपछि फर्काएर ल्याइएको मृत शरीर अहिले अस्पतालमा राखिएको छ ।

    कोरोनाको तिव्रतर बढ्दो संक्रमण र त्रास कारण उनका आफन्तले सो शव उठाएका छैनन् । मृत्युपछि ती युवतीको स्वाव परिक्षणका लागि पठाइएको छ ।

    शव ब्यवस्थापनका बारे पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीसंग समन्वय भईरहेको १० का सदस्य सुरजकुमार अधिकारीले जानकारी दिनुभयो

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad