स्याङ्जा, ३ जेठ । स्याङ्जामा झुण्डिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको गल्याङ र वालिङ नगरपालिकामा झुण्डिएर एक/एक जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गल्याङ नगरपालिका वडा नं ८ चिदिहार बस्ने ४० वर्षीय ईन्द्र बहादुर रानाको झुण्डिएर आइतबार मृत्यु भएको हो । रानाले आफ्नै घरदेखि नजिकै रहेको खनियाको रुखमा डोरीको पासो लगाई झण्डिएर मृत्यु भएको हो ।
त्यसै गरी वालिङ नगरपालिका वडा नं २ बस्ने १८ बस्ने छविलाल दर्जिको झुण्डिएर शुक्रबार मृत्यु भएको प्रहरीले बताएको छ । दर्जिले पनि आफ्नो घर नजिकै रहेको कटुसको रुखमा डोरीको पासो लगाई झण्डिएर मृत्यु भएको हो ।
No comments:
Post a Comment
Welcome To BIKRAM SHAHI