रहेनन् फिल्म निर्देशक चेतन कार्की - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Sunday, May 16, 2021

    रहेनन् फिल्म निर्देशक चेतन कार्की

    नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

    गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान १० बजे उपचारका क्रममा निधन भएको हो ।

    उनको निधनमा चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् । चेतन कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए । साथै, उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् । उनले चलचित्र ‘परिवर्तन’देखि चलचित्र लेखनको काम सुरु गरेका थिए ।

    निर्देशक तथा कलाकार निर शाहले नेपाली चलचित्रका एक जिउँदो इतिहासलाई गुमाउनु परेको उल्लेख गरेका छन् ।

    यस्तै, नायिका करिश्मा मानन्धरले चेतन कार्की आफ्नो लागि वास्तविक हिरो भएको उल्लेख गरेकी छिन् 

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad