स्याङ्जाबाट गुणस्तरहिन स्यानिटाईजर बरामद - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, May 25, 2021

    स्याङ्जाबाट गुणस्तरहिन स्यानिटाईजर बरामद

    स्याङ्जाबाट गुणस्तरहिन स्यानिटाईजर बरामद

    स्याङ्जा, ११ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट गुणस्तरहिन स्यानिटाईजर प्रहरीले बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अनुसार पुतलीबजार नगरपालिका १ प्रगतिनगर घुम्तिस्थित मित्र काफ्लेको घरमा सोही ठाउँ बस्ने ४७ वर्षीय देवेन्द्र पौडेलले लुकाई राखेको गुणस्तरहिन स्यानिटाईजर बरामद गरेको बताएको छ ।

    पौडेलको कोठाबाट उत्सव डिटर्जेट एण्ड कस्मेटिक उद्योगबाट उत्पादित हेण्ड सेनिटाईजर ९० लिटर, गोलेबल हेल्थ केयर भारत लेखिएको हेण्ड सेनिटाईजर ९० लिटर र पुतलीबजार नगरपालिका १ चन्द्रनगर घुम्तीस्थित दिलिप श्रेष्ठको रोल बराह सप्तायर्सबाट १२ लिटर गरी १९२ लिटर स्यानिटाईजर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad