स्याङ्जाका थप ७ जना कोरोना संक्रमितको निधन - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, May 19, 2021

    स्याङ्जाका थप ७ जना कोरोना संक्रमितको निधन

    स्याङ्जाका थप ७ जना कोरोना संक्रमितको निधन

    स्याङ्जा, ५ जेठ । स्याङ्जाका थप ७ जना कोरोना संक्रमितको उपचारको क्रममा र होमआइसोलेनमा निधन भएको छ ।

    images
    images

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वालिङ नगरपालिकाका तीन, चापाकोट, पुतलीबजार, गल्याङ र भीरकोट नगरपालिकाका एक/एक जना गरी ७ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार वालिङ नगरपालिका वडा १३ की ५५ वर्षीय महिलाको बैशाख ४ गते चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको हो । उहाँलाई जेठ २ गते कोरोना पुष्टि भएको थियो ।

    त्यसै गरी वालिङ नगरपालिका वडा १ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा जेठ ३ गते निधन भएको छ । उहाँलाई बैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो ।

    निर्देशक शर्माका अनुसार वालिङ नगरपालिका वडा नं २ की ७७ वर्षीय कोरोना संक्रमित महिलाको होम आइसोलेनमा जेठ ४ गते निधन भएको छ । उहाँलाई जेठ २ गते कोरोना पुष्टि भएको थियो ।

    चापाकोट नगरपालिका वडा नं ५ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको जेठ ४ गते गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको छ । उहाँलाई जेठ १ गते संक्रमण पुष्टि भएको थियो ।

    त्यसै गरी पुतलीबजार नगरपालिका वडा नं १ का ९२ वर्षीय संक्रमित पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल स्याङ्जामा निधन भएको छ । उहाँलाई बैशाख २४ गते कोरोना पुष्टि भएको थियो ।

    त्यसै गरी भीरकोट नगरपालिका वडा नं ३ की ७० वर्षीय कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा निधन भएको छ । उहाँलाई जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।

    गल्याङ नगरपालिका वडा नं ११ का २७ वर्षीय कोरोना संक्रमित पुरुषको गौतम बुद्ध अस्पताल, बुटवलमा उपचारको क्रममा निधन भएको छ । उहाँलाई बैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार कोरोना संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad