स्याङ्जा वालिङको सिटि हललाई आईशोलेसन बनाउन दिइने - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, May 20, 2021

    स्याङ्जा वालिङको सिटि हललाई आईशोलेसन बनाउन दिइने

    वालिङको सिटि हललाई आईशोलेसन बनाउन दिइने

    स्याङ्जा, ६ जेठ । वालिङ उद्योग वाणिज्य संघले कोभिड–१९ महामारीको कारण उत्पन्न विभिन्न समस्याहरुका विषयमा छलफल गरेको छ ।

    images
    images

    पछिल्लो समय कोरोनाको नयाँ भेरियन्टका कारण वालिङमा संक्रमित तथा मृत्युदर बढिरहेका बेला यसको नियन्त्रणका लागी व्यापारी व्यवसायीको भुमिका तथा व्यापारी व्यवसायीहरुको समस्याका बारेमा छलफल गरिएको हो । संघले लकडाउनको पुर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाहमा सर्भसुलभ दरमा सामान खरिदविक्रि गर्न व्यापारीहरुलाई आग्रह गरेको छ ।

    मुलुकलाई नै त्रसित बनाईरहेको कोरोनाको दोस्रो भेरियन्टले वालिङमा समेत समुदायस्तरमा संक्रमण फैँलदो अवस्थामा रहेको भन्दै संघका अध्यक्ष शोभाकान्त पौडेलले भन्नुभयो, ‘संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हामीले आवश्यक परेमा वालिङ नगरपालिका र गह्रौँ प्राथामिक अस्पतालको सहयायेगमा सिटिहललाई आईशोलेसन सेन्टरको रुपमा विकास गछौँ ।’

    कोरोनाका कारण निधन हुनेहरु समेत बढिरहेका बेला आईशोलेसनको अभाव हुने अवस्था आएमा स्थानीय तह तथा गह्रौँ प्राथामिक अस्पतालको सहयोगमा सिटहलमै आईशोलेसन कक्ष बनाउने अध्यक्ष पौडेलले बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हाम्रो संघको कार्यसमिति बैठक बसेको छ । बैठकमा कोरोनाका कारण सिर्जित पछिल्लो अवस्थाका बारेमा छलफल भएको छ । कोरोना नियन्त्रणका लागी हामी प्रतिवद्ध छौँ ।’

    बैठकले विभिन्न ब्यवसायिक संघसंस्था, सहकारीहरु, हार्डवयर ब्यवसायी, अटो इञ्जिनियरिङ ब्यवसायी, विद्युत ब्यवसायी लगायतका वस्तुगत संघहरु र उद्योगी ब्यवसायीहरुले वालिङको कोभिड–१९ राहत कोष एवम् गह्रौँ प्राथामिक अस्पताललाई विभिन्न पक्षबाट उपलब्ध गराउनुभएको सहयोगको समेत उच्च सम्मान गर्दै आभार प्रकट गरेको संघका महासचिव केशरबहादुर खांण धु्रवले बताउनुभयो ।

    त्यसैगरी कोभिड–१९ को महामारीका समयमा उद्योगी ब्यापारी ब्यवसायीहरुमा परेका समस्याहरुको सहजीकरणका लागि विभिन्न क्षेत्रको लागि पूर्व गठित टोलसमितिहरुलाई सक्रिय गराउँदै जिम्मेवारी प्रदान गरिएको छ ।

    त्यसैगरी नयाँ भेरियन्ट सहितको कोभिड–१९ बाट हाल वालिङ क्षेत्रमा संक्रमित उद्योगी ब्यापारी ब्यवसायीहरु लगायत सबैमा शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad