स्याङ्जामा बढे कोरोना संक्रमितः २५५ बेड र २६ एम्बुलेन्स तयारी अवस्थामा - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Saturday, May 15, 2021

    स्याङ्जामा बढे कोरोना संक्रमितः २५५ बेड र २६ एम्बुलेन्स तयारी अवस्थामा



    स्याङ्जा, १ जेठ । स्याङ्जामा कोरोना संक्रमितलाई समयमै स्वास्थ्य सेवा प्रदान गर्नका लागि अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माणले तीब्रता पाएको छ । जिल्लाका विभिन्न पालिकाहरुले निर्माण गरेका १५ वटा आइसोलेसन सेन्टरमा १२९ वटा अक्सिजनसहितका गरी २५५ वटा बेड तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले बताएको छ ।

    images



    भीरकोट नगरपालिकाले ६० वटा अक्सिजनसहितको आइसोलेसन बेड तयार गरेको छ भने पुतलीबजार नगरपालिकाले २ वटा आइसोलेसन सेन्टरमा ३ वटा अक्सिजनसहितको बेड र २ वटा कन्सेटेटरसहितको बेड गरी ३५ वटा बेड संक्रमितका लागि तयारी अवस्थामा राखेको छ ।


    त्यसै गरी वालिङ नगरपालिकाकाले ३५ वटा अक्सिजनसहितको बेड तयार गरी बिहीबारदेखि सञ्चालनमा ल्याएको छ भने चापाकोट नगरपालिकाको आइसोलेसन सेन्टरमा ६ वटा अक्सिजनसहित १० वटा बेड तयारी अवस्थामा छ ।

    आँधिखोला गाउँपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा ५ वटा अक्सिजनसहितका १५ वटा बेड, बिरुवा गाउँपालिकाको २ वटा आइसोलेसन सेन्टरमा १० वटा अक्सिजनसहितका १७ वटा बेड, अर्जुन चौपारी गाउँपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा ५ वटा अक्सिजनसहितको बेड तयार गरिएको छ ।

    हरिनास गाउँपालिकाका १२ वटा बेडका ३ वटा आइसोलेसन सेन्टर, कालीगण्डकी गाउँपालिकाको १६ वटा बेड र फेदीखोला गाउँपालिकामा तयार गरिएको २० वटा बेडसहितको आइसोलेसन सेन्टरमा भने अक्सिजन सिलिन्डर नभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विष्णप्रसाद सुवेदीले कालीगण्डकी खबरलाई जानकारी दिनुभयो ।

    एम्बुलेन्स तयारी अवस्थामा
    जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पुलतीबजार नगरपालिकामा ६, कालीगण्डकी गाउँपालिकामा ४, गल्याङ् नगरपालिकामा ३ र भीरकोट नगरपालिका, आधिँखोला र हरिनास गाउँपालिकामा २,२ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

    त्यसै गरी चापाकोट नगरपालिकामा १ र बिरुवा, फेदीखोला र अर्जुन चौपारी गाउँपालिकामा १,१ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

    संक्रमितको संख्या ७०३ र मृतक संख्या ५० पुग्यो
    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमणको दोस्रो लहरमा ८४९ जना संक्रमित भएकोमा हालसम्म ८५ जना निको भइसकेको छन् । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ७३५ रहेको छ । जसमध्ये ६४६ जना होम आइसोलेसनमा, ३५ जना क्वारेन्टाइनमा र ५४ जना स्वास्थ्य संस्थामा उपचारत छन् ।

    त्यसै गरी हालसम्म कोरोना संक्रमणबाट ५० जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख विष्णुप्रसाद सुवेदीले कालीगण्डकी खबरलाई जानकारी दिनुभयो ।

    संक्रमित ५४ विभिन्न अस्पतालमा उपचारत
    जिल्लाका ५४ जना संक्रमित देशका विभिन्न अस्पतालमा उपचाररत छन् । उपचाररत हुनेहरुमध्ये वालिङ र भीरकोट नगरपालिकाका ११,११ जना छन् ।
    यसै गरी पुतलीबजार नगरपालिकाका ८, चापाकोट, गल्याङ नगरपालिकाका साथै अर्जुन चौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकाका ४,४ तथा आधिँखोला गाउँपालिकाका २, बिरुवा र फेदीखोला गाउँपालिकाका १,१ जना पनि उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमखुले बताउनु भयो ।

    images

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad