स्याङ्जामा आज मात्रै ९८ जनामा कोरोना संक्रमण पुष्टि - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Monday, May 3, 2021

    स्याङ्जामा आज मात्रै ९८ जनामा कोरोना संक्रमण पुष्टि

    स्याङ्जामा आज मात्रै ९८ जनामा कोरोना संक्रमण पुष्टि

    स्याङ्जा, २० बैशाख । स्याङ्जामा आज मात्रै ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्याङ्जाको वालिङ्म नगरपालिकाका ८७ जना, पुतलीबजार नगरपालिका ६ जना, चापाकोट नगरपालिका २ जना, गल्याङ् नगरपालिकाका १ जना र भीरकोट नगरपालिका २ जना गरी ९८ जनामा कोरोना संक्रमण पुष्टि भएका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

    अहिले जिल्लामा देखिएका कोरोना संक्रमितहरुलाई व्यक्तिगत सुरक्षाका सबै मापदण्डहरु अपनाएर होम आइसोलेनमा राखेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    स्याङ्जामा अहिलेसम्म १०३३ जना कोरानाबाट संक्रमित हुनुभएको छ । तीमध्ये ८२१ जना निको भइसक्नु भएको छ भने २१२ जना संक्रिय संक्रमित हुनुहुन्छ ।

    जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad