वालिङमा जीप दुर्घटना हुँदा दुई जना घाईते, चालक प्रहरीको नियन्त्रणमा - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Monday, May 3, 2021

    वालिङमा जीप दुर्घटना हुँदा दुई जना घाईते, चालक प्रहरीको नियन्त्रणमा

    वालिङमा जीप दुर्घटना हुँदा दुई जना घाईते, चालक प्रहरीको नियन्त्रणमा

    स्याङ्जा, २० बैशाख । स्याङ्जा, वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

    वालिङ् नगरपालिका वडा नं ४ एलादीस्थित भित्र सडकमा वालिङ्बाट मनकामना जादैँ गरेको ग १ ज ६५१८ नंम्बर जीप हिजो शनिबार दिउँसो १६:५० दुर्घटना हुँदा २ जना घाईते भएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सुचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीका अनुसार जीप दुर्घटनामा परी घाईते हुनेमा जीपमा सवार वालिङ् नगरपालिका वडा नं ४ एलादी बस्ने ३४ वर्षीय रोशन गुरुङ र विरुवा गाउँपालिका वडा नं ७ बस्ने ३४ वर्षीय कौशिला गुरुङ रहेका छन् ।

    images

    images

    जीप अनियन्त्रित भई सडकबाट अन्दाजी २ मिटर तल खस्न जाँदा घाईते भएको उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । घाईते रोशनको अवस्था सामान्य रहेको र कौशिला अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

    प्रहरीले चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    स्याङ्जामा आज मात्रै ९८ जनामा कोरोना संक्रमण पुष्टि

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad