बाख्रा चराउन गएकी युवतीलाई जवरजस्ती करणी गर्ने पक्राउ - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, May 26, 2021

    बाख्रा चराउन गएकी युवतीलाई जवरजस्ती करणी गर्ने पक्राउ

    बाख्रा चराउन गएकी युवतीलाई जवरजस्ती करणी गर्ने पक्राउ

    स्याङ्जा, १२ जेठ । स्याङ्जा, विरुवा गाउँपालिकामा जवरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेमा विरुवा गाउँपालिका ४ खुदी बस्ने ६० वर्षीय दुर्ग बहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    दमैले २० वर्षीय युवतीलाई बाख्रा चराउन गएको बेलामा सोही ठाउँको ओढारमा पहिलोपटक २०७७ असार महिनामा र अन्तिम पटक २०७७ माघ ४ गते दिउँसो अन्दाजी १ बजे जवरजस्ती करणी गरेको जाहेरी दरखास्तको आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ परेका दमैलाई आजै जबरजस्ती करणी मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाएको बताएको छ ।

    images

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad