चापाकोटमा कुटपिट हुँदा दुई जना गम्भीर घाईते, एक पक्राउ - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, May 26, 2021

    चापाकोटमा कुटपिट हुँदा दुई जना गम्भीर घाईते, एक पक्राउ

    चापाकोटमा कुटपिट हुँदा दुई जना गम्भीर घाईते, एक पक्राउ

    स्याङ्जा, १२ जेठ । स्याङ्जाको चापाकोट नगरपालिकामा एक पुरुषले दुई जनालाई कुटपिट गर्दा उनीहरु गम्भीर घाइते भएका छन् भने कुटपिट गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

    images
    images

    पक्राउ पर्ने चापाकोट नगरपालिका ७ रामघाट बस्ने ५३ वर्षीय बुद्ध बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    सार्कीले सोही ठाउँ बस्ने नातामा बहिनी पर्ने कुश्मा कुमारी नेपाली र भान्जा पर्ने बिमल नेपालीलाई मादक पदार्थ सेवन गरी धारिलो हतियार दाउराले हानी गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    अधिकारीका अनुसार घाईते भएका उनीहरुलाई स्थानीयहरुको सहयोगमा तत्काल पोखरा पठाइएकोमा हाल कुश्मा कुमारी नेपाललाई मेट्रो सिटी अस्पतालमा र विमल नेपालीलाई फेवासिटि अस्पताल राखेर उपचार भइरहेको छ ।

    कुश्माको स्वास्थमा क्रमिक सुधार आए पनि विमलको अवस्था सिरियस रहेको प्रहरीले बताएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    यो पनि पढ्नुहोस् :-बाख्रा चराउन गएकी युवतीलाई जवरजस्ती करणी गर्ने पक्राउ

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad