‘सविधनामा संसद विघटनको कुनै व्यवस्था नभएको जिकिर’ - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, February 11, 2021

    ‘सविधनामा संसद विघटनको कुनै व्यवस्था नभएको जिकिर’

    ‘सविधनामा संसद विघटनको कुनै व्यवस्था नभएको जिकिर’

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहका नेता वर्षमान पुन अनन्तले सविधनामा संसद विघटनको कुनै व्यवस्था नभएको जिकिर गरेका छन् । उनले राष्ट्रिय युवा संघ र अनेरास्ववियु स्याङजाले सयुक्त रुपमा सिटीहलमा आयोजना गरेको के.पि ओलीको असंवैधानिक कदमका विरुद्ध युवा तथा विद्यार्थी भेलामा प्रम ओलीले संविधान विपरी काम गरेको बताए ।

    उनले केपीओलीले संविधानको आफुखुसी व्याख्या गर्दे हिडेको आरेप लगाउदै कही कुनै देशमा कुनै अभ्यास नभएको बताए । पूर्व मन्त्री समेत रहेका पुनले बेलायतमा समेत संसद विघटनको व्यवस्था नरहेको जानकारी दिए ।

    कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटा, नेकपा स्याङजा ईन्चार्ज चुडामणी जंगली, अनेमसंघ केन्द्रिय अध्यक्ष अमृता थापा, अनेरास्ववीयूको नेता सुदेरा पराजुली, नेकपा स्याङजाका नेता रामचन्द्र भट्टराई, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य विनय थापा, पूर्ण लामा र अनेरास्ववियू नेता धुर्वराज वाग्ले लगायतले मन्तव्य राखेका थिए ।

    राष्ट्रिय युवा संघका अध्यक्ष थमन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ नेपाल आधिखोला गाउँपालिका संयोजक सन्तोष सापकोटाले गरेका थिए । सिटीहलमा कार्यक्रम हुनु अघि विष्णु पधेराबाट शुरु भई मोटरसाईक ¥यालीले नगरपरिक्रमा गरेको थियो ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad