स्याङ्जामा सवारी दुर्घटना हुँदा चार जना घाईते - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Friday, February 5, 2021

    स्याङ्जामा सवारी दुर्घटना हुँदा चार जना घाईते

     

    स्याङ्जा फेदिखोला
    स्याङ्जा, २३ माघ । स्याङ्जा, फेदीखोला गाउँपालिकामा आज बिहान ८:५० बजे सवारी दुर्घटना भएको छ ।

    फेदीखोला गाउँपालिका वडा नं २ फेदीखोला बजार मोडस्थित सिद्धार्थ राजमार्गमा स्याङ्जाबाट पोखरा तर्फ जाँदै गरेको ग१ख ७६११ नम्बरको टिप्पर र बिपरीत दिशाबाट आईरहेको ग१ख ९३७४ नम्बरको बस एक आपसमा ठक्कर खाँदा चार जना घाईते भएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारी अनुसार सवारी दुर्घटनामा परी टिप्पर चालकसहित चार जना घाईते भएका हुन् ।

    स्याङ्जा फेदिखोला

    घाईते हुनेहरुमा टिप्पर चालक जिल्ला कास्की पोखरा बस्ने २५ वर्षीय सुरेन्द्र सुनार, स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं १३ बस्ने ४० वर्षीय चाँदनी शाह भन्ने सन्तोषी मल्ल, वडा नं ६ बस्ने ५० वर्षीय सिता कार्की र ७० वर्षीय भिमा शर्मा रहेका छन् ।

    टिप्पर चालकको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ भने अन्य तीन जनाको स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

    घटनास्थलमा प्रहरी अधिकृत समेतको टोली खटिई गएको, बस चालक जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं ४ बस्ने ३५ वर्षीय लक्षु बि.क. लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad