स्याङ्जामा हतियारसहित एक पक्राउ - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, February 11, 2021

    स्याङ्जामा हतियारसहित एक पक्राउ

    स्याङ्जामा हतियारसहित एक पक्राउ


    स्याङ्जा, २७ माघ । स्याङ्जा, हरीनास गाउँपालिकामा हतियारसहित एक पुरुष पक्राउ परेका छन् ।

    हरीनास गाउँपालिका वडा नं ३ वलाम्दी बस्ने ४० वर्षीय तुल बहादुर रानालाई १ थान अवैध भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने ३१ वटा सिसाको छर्रा, बारुद, हतियारमा प्रयोग गरिने १ थान जंगी राउण्ड र भरुवा बन्दुकमा प्रयोग हुने २ थान चापघोडा सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले रानाको घर तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad