स्याङ्जा कारागारका ७ बन्दीको आधा सजाए मिनाह - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, February 24, 2021

    स्याङ्जा कारागारका ७ बन्दीको आधा सजाए मिनाह

    स्याङ्जा। स्याङ्जा कारागारका ७ जना कैदीवन्दीले झण्डैं आधा सजाए छुट पाएर शुक्रवार घर फर्केका छन् । सरकारको निर्णय बमोजिम ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा उनीहरु रिहा भएका हुन् ।


    भीरकोटका टंकबहादुर गुरुङ (सवारी ज्यान), हरिनासका अरुण थापा र दिपक भन्ने झकबहादुर राना (हातहतियार तथा खरखजाना), गल्याङका तीलबहादुर नेपाली (कर्तब्य ज्यान), पुतलीबजारका प्रेमनारायण शर्मा (बहुविवाह), पर्वतका ख्याम भन्ने खेमप्रसाद गुरुङ (बहुविवाह) र कास्कीका जलालदिन मिया (नकावजनी चोरी) का आरोपमा कारावास सजाए भोग्दै आएका उनीहरुको आधा सजाए मिनाह भएको कारागार प्रमुख चुडामणी भण्डारीले जानकारी दिए ।

    छुट पाउनेमा स्याङजाका ५, कास्की र पर्वतका १÷१ जना रहेका छन् ।

    कारागारको नियम पालनागर्ने, असल आचरण देखाउने र ५० प्रतिशत सजाए भुक्तान गरेकालाई जिल्ला प्रशासन कार्यालय, कारागार शाखा स्याङजाले शिफारिसपछि नेपाल सरकारले उनीहरुले आधा सजाए मिनाहसंगै कारागार जीवनबाट रिहा गरेको हो ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad