वालिङ र चापाकोट नगरपालिकाको विजयी शुरुवात - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Monday, February 22, 2021

    वालिङ र चापाकोट नगरपालिकाको विजयी शुरुवात

    पुतलीबजार नगर युवा तथा खेलकुद विकास संजाल स्याङजाले आयोजना गरेका पालिका स्तरीय भलिवल प्रतियोगितामा वालिङ नगरपालिका र चापाकोट नगरपालिकाले विजयीको शुरुवात गरेका छन् ।

    प्रतियोगितामा वालिङ नगरपालिकाले गल्याङ नगरपालिका सग भएको ४ खेलमा ३ खेल आफ्नो पोल्टामा पारी विजयी भएको थियो भने चापाकोट नगरपालिकाले पनि हरिनास गाउँपालिका सग भएको ४ खेलमा ३ खेल आफ्नो पोल्टामा पारेको थियो ।

    फागुन १३ गते सम्म संचलन हुने प्रतियोगितामा विभिन्न ६ जिल्लाका १६ समुह दर्ता भएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, द्धितिय पुरस्कार १ लाख, तृतिय पुरस्कार ५० हजार र सान्तोना पुरस्कार २५ हजार रहेको खेल संयोजक राजेन्द्र शर्माले जानकारी दिए । आज ३ खेलहरु हुन आयोजकले जानकारी दिएको छ ।

    आज पहिलो खेल पुतलीबजार नगरपालिका ए र अर्जुनचौपारी गाउँपालिका, दोस्रो खेल विरुवा गाउँपालिका र गल्याङ नगरपालिका र अन्तीम खेल गल्कोट नगरपालिका बाग्लुङ र कालिगण्डकी गाउँपालिका विच प्रतिशपर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक पुतलीबजार नगरपालिका रहेको छ

     

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad