स्याङजाको खेल मैदान मालेबगरमा नबौं राष्ट्रपती कप हुने - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Monday, March 29, 2021

    स्याङजाको खेल मैदान मालेबगरमा नबौं राष्ट्रपती कप हुने

    जिल्ला खेलकुद विकास समिति स्याङजाको अयोजनामा बैशाख २ गतेबाट स्याङजाको खेल मैदान मालेबगरमा नबौं राष्ट्रपती कप हुने भएको छ । गण्डकी प्रदेश स्तरीय हुने राष्ट्रपती कपको लागि खेलाडी छनौट गर्न राष्ट्रपती कपको अयोजना गरिएको हो ।

    जिल्ला समन्वय समिति प्रमुख सिता सुन्दासको अध्यक्षतामा भएको बैठकले भव्यताका साथ राष्ट्रपति कप सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख सुन्दासले नबांै राष्ट्रपति कपलाई सबै मिलेर सम्पन्न गर्न र सबैले सहयोग गर्न अनुरोध गरिन् ।

    बंैठकमा पुतलीबजार नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीले राष्ट्रपति कपमा आवश्यक पर्ने विभिन्न सहयोगहरु उपलब्ध गराउने बताएकी थिईन् । प्रमुख क्षेत्रीले बैठकमा स्थानीय तहको प्रतिनिधित्व गर्दै खेलका माध्यमबाट धेरै विकास गर्न सकिने बताउदै खेललाई व्यवस्थीत बनाउनुपर्नेमा जोड दिईन् ।

    प्रतियोगितामा जिल्ला भरका विद्यार्थी खेलाडीहरुको सहभागीता रहने छ । प्रतियोगितामा भलिवल, कबड्डि, एथलिटिक्सका सबै विधाहरु र मार्शल आर्टका कराते र तेक्वान्दोमा खेलडीहरुले प्रतिसपर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विशाल राजबाहकले जानकारी दिए । राष्ट्रपती कप तीन दिन सम्म संचालन हुने उनले जानकारी दिए ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad