अपडेट : चापाकोटबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ८ जना घाईते (नामावलीसहित) - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Monday, March 29, 2021

    अपडेट : चापाकोटबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ८ जना घाईते (नामावलीसहित)

    अपडेट : चापाकोटबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ८ जना घाईते (नामावलीसहित)

    अर्जुन खनाल, स्याङ्जा, १६ चैत । स्याङ्जा, चापाकोट नगरपालिकाबाट काठमाडौं जादैँ गरेको बस आज बिहान ७:५० बजे दुर्घटना भएको छ ।

    images

    चापाकोटबाट काठमाडौंको लागि छुटेको बस वालिङ नगरपालिका वडा नं ७ बिसाउनीराजुस्थित चापाकोट - वालिङ भित्र सडकमा दुर्घटना हुँदा गाडीमा सवार चालकसहित १० मध्ये ८ जना घाईते भएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार चापाकोटबाट वालिङतर्फ आउँदै गरेको १ ख ९५९४ को वाईङगर (बस) उकालोमा रोकी चालक झरेको अवस्थामा गाडी व्यक हुँदा सडक देखि १५ मिटर तल खसेर दुर्घटना भएको हो ।

    सवारी दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका वडा नं १३ बस्ने २३ वर्षीय सावित्री गैरे, भिरकोट नगरपालिका वाड नं १ बस्ने ३४ वर्षीय सातुमा खातुन र निजको छोरी १० वर्षीय अफ्रिया खातुन, सोही ठाउँ बस्ने ३१ वर्षीय मजबुन मिया, निजको छोरी ३ वर्षीय महमद मिया र १० वर्षीय खातुन, भिरकोट नगरपालिका वडा १ बस्ने १४ वर्षीय जदिदा खातुन रपुतलीबजार नगरपालिका वडा नं १० बस्ने २७ वर्षीय फालिदा बेगम रहेका छन् ।

    images

    घाईते सबैको अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा परी छतमा रहेको दुई वटा खसी समेत मेरका छन् ।

    घाईते सबै जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ उपचार भईरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    यो पनि पढ्नुहोस् :-

    चापाकोटबाट काठमाडौं आउँदै गरेको बस केवरेमा दुर्घटना

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad