कपीराइट चोरी रोक्न युट्युबको नयाँ कदम - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Sunday, March 21, 2021

    कपीराइट चोरी रोक्न युट्युबको नयाँ कदम


    5 new tips or youtube

    भिडियो अपलोड र विज्ञापनबाट आएको रकम (एड रेभेन्यु) प्राप्त गर्ने प्रक्रियालाई सजिलो बनाउन युट्युबले ‘चेक्स ’ नामको नयाँ टुल सार्वजनिक गरेको छ ।

    याे टुलले भिडियो अपलोड गर्नुअघि त्यसमा कपिराइट सामग्री छन् वा छैनन् र त्यसले विज्ञापन निर्देशिका अवलम्बन गरेको छ कि छैन भन्ने कुरा कन्टेन्ट क्रिएटरलाई बताउँछ ।

    यसअघिसम्म क्रिएटरहरुले बिना कुनै चेतावनी भिडियो अपलोड गर्दथे । अहिलेको नयाँ फिचरले कन्टेन्ट क्रिएटरलाई कपीराइट सामग्री अपलोड गर्न सुझाव दिन्छ । ताकि कपीराइट प्राप्त व्यक्तिले भिडियोको एड रेभिन्यु निर्विवाद दाबी गर्न सकुन् ।

    नयाँ टुलको माध्यमबाट युट्युब कपीराइट र निर्देशिका कमजोरीका कारण क्रिएटरहरुले कमाउने ‘यल्लो आइकन’ लाई घटाउन चाहन्छन् ।

    यो नयाँ सिस्टम कन्टेन्ट आईडीमा आधारित हुने कम्पनीले बताएको छ । यदि युट्युबको कपीराइट पहिचान गर्ने सिस्टमले भिडियो स्क्यान गर्दा नियम उल्लंघन भएको फेला पारेमा उक्त भिडियोमा स्वत: वास्तविक कपिराइट होल्डरको अधिकार लाग्नेछ । 

    परिणामस्वरुप भिडियो पूर्णरुपमा ब्लक हुन्छ वा त वास्तविक कपीराइट होल्डरले त्यसलाई मनिटाइज गर्न पाउँछ । चाहे त्यो अरुको च्यानलमा नै किन नहोस् ।

    यदि क्रिएटरको भिडियोको कन्टेन्ट अर्को व्यक्तिको कपिराइटसँग मिलेको पाइयो भने त्यस्तो भिडियो अपलोड गर्ने युट्युबरले कम्पनीबाट नोटिस पाउँछ, जहाँ भिडियो अपलोड गर्नुअघि कपीराइट भएको हिस्सालाई हटाउन चेतावनी दिइन्छ ।

    यसरी कुनै पनि भिडियोले कपीराइट मामिलामा नफसी नै त्यसको एड रेभिन्युलाई दाबी गर्न पाउँछ । जसबाट क्रिएटरले कमाउने समग्र एड रेभिन्युमा नै यसले राम्रो प्रभाव पार्ने युट्युबको अपेक्षा छ

    यदि क्रिएटरले केही गलत नगरी पनि कपीराइट भएको आरोप लाग्यो भने के गर्न सकिन्छ त ? यस्तो बेला भिडियो अपलोड गर्नुअघि उक्त आरोपको खण्डन गरेर आफ्नो तर्क प्रमाण पेश गर्ने युट्युबले क्रिएटरलाई व्यवस्था मिलाएको छ ।

    कपीराइट क्लेम प्रक्रिया केही दिन चल्ने हुँदा युट्युबरले उक्त मामिला समाधान नभएसम्म भिडियो अपलोडको समय कुर्नसक्छन् । अन्यथा अन्तिम परिणाम आउनुअघि नै भिडियो सार्वजनिक समेत गर्न सक्छन् ।

    अन्तिममा क्रिएटरले कपीराइट चोरी नगरेको परिणाम आएमा विज्ञापनको पैसा सोही क्रिएटरले पाउँछन् । तर यदि कपीराइट क्लेम सही भएको ठहर भएमा पैसा कपीराइट होल्डरले नै पाउँछन् । 

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad