विश्वभर ह्वाट्सएप डाउन हुँदा सिग्नलकाे व्यङ्ग्य, फेरि बढे प्रयाेगकर्ता - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Sunday, March 21, 2021

    विश्वभर ह्वाट्सएप डाउन हुँदा सिग्नलकाे व्यङ्ग्य, फेरि बढे प्रयाेगकर्ता


    whatsapp vs signal

    केही महिनाअघि ह्वाट्सएपले आफ्नो गाेपनीयता नीति अद्यावधिक गरेपछि उसका धेरै प्रयोगकर्ता सिग्नलमा सरेका थिए । जसले ह्वाट्सएपमाथि ठूलै धक्का पुर्‍याएको थियाे ।

    यो क्रम केही समयपछि थाेरै मत्थरजस्तो भएको थियो । तर शुक्रबार राति फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा आधा घण्टासम्म विश्वभर डाउन भएपछि सिग्नलमा प्रयोगकर्ता संख्या पुनः उकालो लाग्न सुरु भएको छ ।

    ह्वाट्सएप र इन्स्टाग्रामको सेवा एक्सेस नभएको खबर बाहिर आएको केही मिनेटमै सिग्नलले आफ्नो ट्वीट ह्याण्डल मार्फत युजर्स साइनअपको संख्या ह्वात्तै बढेको जानकारी गराएको थियो ।

    साथै सिग्नलले ह्वाट्सएपलाई व्यङ्ग्य गर्दै थप केही हप्ता सेवा अवरुद्ध हुने आफूले अपेक्षा गरेको ट्वीटमा लेखेको थियो ।

    एक वर्षभित्र युजर रजिस्ट्रेसन संख्यामा एकाएक वृद्धि भएको यो दोस्रोपटक हो । प्रयोगकर्ता संख्यामा वृद्धि भएपछि कम्पनीले नयाँ कर्मचारीसमेत भर्ना गरेको थियो ।

    दुई हप्तामा भारतमा मात्र यस एपलाई २ करोड ६४ लाख पटक डाउनलोड गरिएको थियो । तर, यो एप हाल इरान र चीनमा प्रतिबन्धित छ । 

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad