मेचीमहाकाली बुहारी संयुक्त आवाजद्वारा राष्ट्रिय खेलाडी रनपाल नगद ५० हजार सहित सम्मानित । - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, March 24, 2021

    मेचीमहाकाली बुहारी संयुक्त आवाजद्वारा राष्ट्रिय खेलाडी रनपाल नगद ५० हजार सहित सम्मानित ।

    स्याङजा : मेची महाकाली बुहारी संयुक्त आवाजले राष्ट्रिय खेलाडी अस्मिता रनपाललाई नगद ५० हजार सहित सम्मान गरेको छ ।

    वालिङको नेपाल आदर्श माविमा आयोजना गरिएको कार्यक्रममा रनपाललाई चेक हस्तान्तरण गरिएको हो ।
    आवाजका तर्फबाट खेलाडी रनपाललाई सम्मान गर्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले खेलाडी राष्ट्रको गहना भएको बताउनु भयो । उहाँले भन्नुभयो,“खेलाडीले नेपाल र नेपालीको शीर उचो गराउने काम गर्दै आईरहेकाछन् ।” नगरप्रमुख खाँणले खेलाडी रनपाललाइ नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

    .

    कार्यक्रममा बोल्दै नगरउपप्रमुख कल्पना तिवारीले महिला खेलाडीहरुका लागि नगरपालिकाले बिशेष सहयोग गर्दै आईरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरको सहयोग मिलेकै कारण वालिङको फूटवल टोली राष्ट्रिय स्तरमा समेत राम्रो पकड राख्न सफल हुँदै आएको छ ।”
    आर्थिक रुपमा निम्नस्तरको परिवारमा जन्मिएर आफ्नो मेहनत तथा कडा संघर्षबाट राष्ट्रिय स्तरको खेलाडी बन्न सफल भएकी अस्मिता रनपालको प्रतिभा खोज्न आवाजको टोली स्याङ्जा आईपुगेको अभियान की अध्यक्ष यमु शर्मा शुव्वाले जानकारी दिनुभयो ।
    सो अवसरमा आदर्श माविमा अध्ययनरत ५० जना जेहन्दार बिद्यार्थीहरुलाई स्टेसनरी लगायतका सामग्री वितरण गरिएको मेची महाकाली बुहारी संयुक्त आवाजकी बाग्मती प्रदेश संयोजक बिनिता अधिकारिले जानकारी दिनुभयो ।

    .

    आदर्श मावि तथा क्याम्पसले खेलाडीहरुका लागि बिशेष सहयोगका साथ अध्ययन गर्ने बातावारण मिलाईरहेको जानकारी दिदै क्याम्पस प्रमुख होमकान्त गौतमले भन्नुभयो, “हामीले पठनपाठनसँगै खेल क्षेत्रलाई बिशेष स्थान दिदै आएका छौं ।”
    आदर्श क्याम्पसमा बिएड पहिलो बर्षमा अध्ययनरत अस्मिता पढाईमा पनि उत्तिकै सक्षम रहेको क्याम्पस प्रमुख गौतमले जानकारी दिनुभयो ।

    .

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad