वालिङका सुमन लागुऔषधसहित पक्राउ - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Sunday, March 28, 2021

    वालिङका सुमन लागुऔषधसहित पक्राउ

    वालिङका सुमन लागुऔषधसहित पक्राउ

    पाल्पा, १५ चैत । स्याङ्जा, वालिङ नगरपालिकाका सुमन गाहा लागुऔषधसहित पक्राउ परेका छन् ।

    images

    वालिङ नगरपालिका वडा नं ८ राउतडाँडा बस्ने २५ वर्षीय सुमन गाहा आज बिहान ८ बजे पाल्पाबाट लागुऔषध सहित पक्राउ परेको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीका अनुसार प्रहरी चौकी दोभान, पाल्पाको टोलीले तिनाउँ गाउँपालिका वडा नं ३ पैठेडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी साधान चेक जाँच गर्ने क्रममा बुटबलबाट पाल्पा तर्फ आउँदै गरेका पैदल यात्री गाहाको शरीर खानतलासी गर्दा लागुऔषध फेला परेका हो ।

    प्रहरीले गाहाको साथबाट फेनेरागन ७० वटा, नुफिन ३३ वटा (२.५ एमएल) र सिरिन्ज २ थान बरामद गरेको बताएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहको जनाएको छ ।


    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad