मेयर कप: आयोजक शुक्लागण्डकी 'ए' फाइनल प्रवेश - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Sunday, March 28, 2021

    मेयर कप: आयोजक शुक्लागण्डकी 'ए' फाइनल प्रवेश

    दुलेगौडा । शुक्लागण्डकी नगरपालिका संचालन भइरहेको मेयर कप-२०७७,पुरुष भलिबल प्रतियोगितामा आयोजक शुक्लागण्डकी ‘ए’ फाइनलमा प्रवेश गरेको छ ।शनिबार भएको पहिलो सेमिफाइनल खेलमा घिरिङ गाउँपालिकालाई ३-२ सेटले हराउदै शुक्लागण्डकी ‘ए’फाइनल प्रवेश गरेको हो ।


    गाउँफर्कोदय माविको खेलमैदान गणपतेमा भएको निकै रोमाञ्चक खेलमा शुक्लागण्डकीले दुई सेट लगातार २५–१४,२५–२३ ले आफ्नो पोल्टामा पा¥यो । तेस्रो र चौथो सेट २५–२२ र २५–१६ मा घिरिङले जित निकाल्यो । घरेलु दर्शकले खचाखच भएको मैदानमा शुक्लागण्डकी 'ए' ले पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५–९ ले जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।  


    फाइनलमा शुक्लागण्डकी ‘ए’ले बाग्लुङको गल्कोट नगरपालिका र कास्कीको मादी गाउँपालिकाबिचको विजेतासंग खेल्ने छ । आईतबार विहान दोस्रो सेमिफाइनल हुने आयोजकले जनाएको छ ।शनिबार पहिलो सेमिफाइन सहित ६ खेल भए ।पहिलो चरणको एक खेल र क्वाटरफाईनल अन्तर्गतका चार खेल भए ।


    शनिबारको पहिलो खेल पहिलो चरण अन्तर्गत तनहुँको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकाबिच भएको थियो । जसमा भिमाद नगरपालिका २–० को सोझो सेटमा विजयी भएको थियो। पहिलो सेटमा २५–१८ ले विजयी भएको भिमाद दोस्रो सेटमा २५–२२ स्कोर प्राप्त गर्दै क्वाटरफाईनल प्रवेश गर्न सफल भएको थियो ।

     

    क्वाटरफाईनलको पहिलो खेलमा पुतलीबजार नगरपालिका स्याङजालाई २–१ को सेटमा पराजित गर्दै कास्कीको मादी गाउँपालिकाले सेमिफाईनलको यात्रा तय गरेको हो । मादीले पुतलीबजारलाई २३–२५, २५–१९ र २५–२१ को स्कोरका साथ विजयी हासिल गरेको छ।दोस्रो क्वाटरफाईनल खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ ले बौदीकाली गाउँपालिका नवलपुरलाई २५–१६, २५–२३ को स्कोरको साथ सोझो सेटमा पराजित गर्न सफल भयो । 


    तेस्रो क्वाटरफाईनलमा हरीनास गाउँपालिका स्याङजालाई २–१ को सेटमा पराजित गर्दै घिरिङ गाउँपालिका तनहुँ सेमिफाईनल प्रवेश गरेको छ । घिरिङले २३–२५, २५–१४, २५–२३ को स्कोर प्राप्त गर्दै विजयी भएको हो ।अन्तिम  क्वाटरफाईनल खेलमा बाग्लुङको गलकोट नगरपालिका विजयी भएको छ । गलकोटले भिमादलाई २–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–१५ र दोस्रो सेटमा २५–१४ को नजिता गलकोटले आत्मासाथ ग¥यो ।गलकोटका खेलाडी सामु भिमादका खेलाडी कमजोर सावित भए । 


    प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेयर कप सञ्चालन तथा व्यवस्थापन समिति संयोजक एवम शुक्लागण्डकी–५ का वडाध्यक्ष दिर्घबहादुर थापाले जानकारी दिए ।उनका अनुसार दोस्रोले एक लाख, तेस्रोले ५० हजार रुपैयाँ र सान्त्वनाले २५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad