‘दर्पण छायाँपछि’ को पखाईमा निरुता - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, March 16, 2021

    ‘दर्पण छायाँपछि’ को पखाईमा निरुता


    कुनै समय निरुता सिंहलाई हिटको ग्यारेन्टी दिने अभिनेत्री भन्ने गरिन्थ्यो । पोस्टरमा उनको अनुहार देखेको भरमा फिल्म हेर्न हलमा दर्शक झुम्मिन्थे । अझ भनौं, फिल्म चल्न उनको नामै काफी थियो । त्यसबेला हिरो बराबर स्टारडम बनाएकी उनले कयौं यादगार फिल्म दिएकी छन् । तर, नेपाली फिल्ममा राम्रो माग हुँदा हुँदै उनी अचानक अभिनय छाडेर सुटुक्क मुम्बई हानिइन् ।
     
    १२ वर्षपछि बगेको खोला फर्किन्छ भनेझैँ निरुता पनि १२ वर्षपछि ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा फर्किइन् । यसमा उनको भूमिका छोटो भए पनि दर्शकले रुचाए । यसपछि उनले हरिवंश आचार्यको श्रीमतीको भूमिकामा फिल्म ‘दाल भात तरकारी’ मा काम गरिन् । यो फिल्ममा लाउड अभिनयका कारण आलोचित भएकी उनले दुई वर्षदेखि नयाँ फिल्म साइन गरेकी छैनन् ।
     
    अब उनी आफ्नो करिअरको सबैभन्दा ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ को सिक्वेल ‘दर्पण छायाँपछि’ मा काम गर्ने तयारीमा छिन् । उनले यो फिल्मलाई आफ्नो वास्तविक कमब्याक हुने बताएकी छन् । अभिनेता उत्तम प्रधानले क्याप्टेनसिप सम्हाल्न लागेको फिल्ममा उनीसँगै निरुता र दीलिप रायमाझीको मुख्य भूमिका रहनेछ । फिल्मको कथा पनि उत्तमले नै तयार पारेका छन् । 
     
    कोरोना महामारीका कारण फिल्मको छायांकन सुरु हुन नसकेको निरुताले बताएकी छन् । शनिवार नेफ्टा अवार्डमा फिल्मको बारेमा उनले भनिन्, ‘कोरोना नभएको भए फिल्मको छायांकन सुरु नै भइसक्थ्यो । नेपाल-भारत बोडर सिल भएका कारण, त्यो खुलेपछि छायांकन थाल्नेछौं ।’ ‘दर्पण छायाँ’ सकिएको कथादेखि नै सुरु हुने फिल्मलाई उत्तर र निरुताले मिलेर निर्माण गर्दैछन् ।


    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad