‘ए मेरो हजुर ४’ सँग जुध्दैछ ‘आइ एम ट्वान्टिवान’ ? - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, March 16, 2021

    ‘ए मेरो हजुर ४’ सँग जुध्दैछ ‘आइ एम ट्वान्टिवान’ ?

    कोरोना महामारीभन्दा अगाडि हरेक हप्ताको शुक्रवार नेपाली फिल्मबीच भाले जुधाई हुने गरेको थियो । अपवादबाहेक एकै मितिमा दुईभन्दा बढी फिल्म भिडेकै हुन्थे । तर, यसप्रकारको भिडन्त नेपाली फिल्मबीच मात्र हुन्थ्यो । विदेशी फिल्मसँग भिड्न कसले आँट ? नेपाली फिल्मसँग भिड्न बहादुरी देखाउन निर्माताहरु विदेशी फिल्मसँग कतिसम्म डराउँथे त्यो सबैले देखेका छन् । 

     
    तर, कोरोनाका कारण ९ महिना बन्द भएर सिनेमा हल खुलेपछि हप्तामा एउटा फिल्म पनि रिलिज हुन सकेका छैनन् । माघ १ गते ‘एउटा यस्तो प्रेम कहानी’ पछि एकैचोटी फागुन २१ गते ‘गोर्खे’ रिलिज भयो । तर, यी कुनै फिल्मले दर्शक तान्न सकेनन् । अहिले सिनेमा हलमा फिल्मको खडेरी छ । तर, यही चैत २७ गते तीन फिल्म ‘लप्पन छप्पन २, कृष्ण लीला र मनसँग मन’ भिड्दैछन् ।
     
    चैतमा मात्र होइन, आउँदो तीजमा दुई ठूला फिल्मबीच भिडन्त हुने चर्चाले अहिलेदेखि नै फिल्म क्षेत्र तात्न थालेको छ । गत साता अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ ले भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । यही मितिमा धिरज मगर र जसिता गुरुङ अभिनीत फिल्म ‘आइ एम ट्वान्टिवान’ पनि प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको बुझिएको छ ।
     
     
    के दुई फिल्म जुध्नै लागेका हुन् त ? शनिवार नेफ्टा अवार्डमा पत्रकारको प्रश्नमा ‘ए मेरो हजुर ४’ का निर्माता सुनिल कुमार थापाले दुई फिल्म नजुध्ने बताए । त्यस्तै, ‘आइ एम ट्वान्टिवान’ की निर्देशक तथा निर्माता रेनशा वान्तवा राईले प्रदर्शन मितिको विषयमा दुई ब्यानरबीच सल्लाह हुने बताइन् । दुई ठूला फिल्म जुध्नु राम्रो नहुने र यसका लागि सल्लाह गरेर अगाडि बढ्ने उनको भनाई छ ।
     
    उनी भन्छिन्, ‘फिल्म इन्डस्ट्रीमा दुई चारवटा ब्यानर छौं, जसले निरन्तर रुपमा नेपाली फिल्मलाई राम्रो बनाउने प्रयास गरिरहेका छौं । सिनेमावाला लुक्स निकाल्न प्रयास गर्ने थोरै निर्देशक र निर्माता हुनुहुन्छ, त्यसमा ‘ए मेरो हजुर’ ब्यानर र हाम्रो ब्यानर बराबर नै पर्छ । त्यसैले दुईवटा ब्यानरको प्रतिक्षीत फिल्महरु जुध्दा कसैलाई पनि राम्रो हुँदैन । त्यसैले सल्लाह गरेर अगाडि बढ्नेछौं ।’
     
    रेनशाले प्रदर्शन मितिको विषयमा दुई ब्यानरबीच सल्लाह हुने बताउनुले ‘आइ एम ट्वान्टिवान’ लाई भदौ १८ गते प्रदर्शन गर्ने तयारी भइरहेको स्पष्ट हुन्छ । तर, यो मिति ‘ए मेरो हजुर ४’ ले उछिट्याएका कारण निर्माण टिमले आधिकारिक रुपमा प्रदर्शन मिति घोषणा गर्न सकेको छैन । दुवै फिल्म एकै मितिमा प्रदर्शनमा आएको खण्डमा फिल्म क्षेत्रमा ठूलै हलचल पैदा हुने निश्चित छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad